जीवन Blog समाचार समाज 

मान्छे सिम्पल गालामा डिम्पल भएका चर्चित गायक राजु लामालाई हेरौं तस्बिरमा

गायक राजु लामा ४३ वर्षका भए । उनी सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट हुन् । उनको बादलपारिको देशबाट, हल्ला चलेछ , पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौँ गीत लोकप्रिय छन् ।

उनले नेपाली, तिब्बती र तामाङ भाषामा समेत गीत गाइसकेका छन् । उनले २५ वर्षभन्दा लामो समयदेखि गायनमा सक्रिय छन् । सन् १९७८ मार्च १६ मा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका राजु साधारण परिवारका सन्तान हुन् । उनको बुबाआमाका धेरै सन्तान छन् ।

ठूलो परिवार भएकोले सोचेजस्तो जिवनयापन हुने कुरै हुदैनथ्यो । यत्तिकैमा उनको दिदिको बिबाह भयो । दिदीको बसाई काठमाडौंको बौद्ध थियो । दिदिले नै राजुलाई सिन्धुपाल्चोकबाट काठमाडौं ल्याईन ।

त्यसबेला उनी पाँच वर्षका बालक थिए । सिन्धुपाल्चोकको एकलासे लेकमा जन्मे, हुर्केका । सिन्धुपाल्चोकस्थित सुनचौर उनको पुर्ख्यौली थलो । परिवारमा ९ जना लालाबाला । सात दिदीबहिनी । एक भाइ । जेठो छोरा राजु । निम्न मध्यमवर्गीय परिवार । दुःखजिलो गरेर छाक टार्न पुग्ने । सबैजना खेतीकिसानी गर्ने ।

उनी त्यो जमानाका गायक हुन्, जुन समय अडियो क्यासेटको जमाना थियो । जुन समय सांगीतिक व्यान्डको जमाना थियो । एक जमाना यस्तो पनी आयो, जुन समयमा मंगोलियन हार्ट र राजु लामा दुबै निकै चर्चित थिए

अहिले उनै राजु लामा हिमालयन टेलिभिजनबाट प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’मा जज छन् । उनको स्वर, बोल्ने शैलीका धेरै फ्यान छन् । उमेरले ४० कटेपनी फिट एण्ड फाईन देखिने राजुलाई अमेरिकाबाट फर्किएपछी पनि दर्शक, श्रोतको उस्तै माया मिलिरहेको छ । यो सबै उनले गायका गीतको प्रभाव हो ।
उनी फिटनेसमा खुबै ध्यान दिन्छन् । यो फिटनेसको रहस्य हो, हाइकिङ । उनी अत्यधिक हाइकिङ गर्छन । नेपाल रहदा होस् या अमेरिकामा हुँदा उनी हिँडिरहेका हुन्छन् ।

काठमाडौंबाट नजिकका शिवपुरी डाँडा, नागार्जुन डाँडा, सुन्दरीजलपारि, चन्द्रागिरि, चित्लाङ, फुलचोकी, नगरकोट, साँखु, नमोबुद्धलगायत ठाउँमा हाइकिङ गइरहन्छन् । साथी भेटेमा साथीसँगै र कहिलेकाहीँ एक्लै पनि हिँड्छन । हाइकिङकै क्रममा एकान्त ठाउँ खोजेर घन्टौँ ध्यान पनि गर्छन ।

यससँगै राजुको आफ्नो छुट्टै पारिवारिक संसारमा पनि रमाइरहेका छन् । अमेरिकामा उनकी जीवनसाथी र सानी छोरी छिन् । राजु कहिले काठमाडौं त कहिले अमेरिकामा ओहोर–दोहोर गरिरहन्छन् । मूड चल्दा घुम्न निस्कन्छन् । घुम्नु उनको सोख हो ।

Facebook Comments Box

Related posts