जीवन Technology Travel देश समाचार समाज 

ट्राफिक जरिवना अब यति सजिलै घरमा नै बसेर तिर्न सकिने

काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।… Read More
Technology Travel अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज 

बल्ल पूरा भो नेपालीको रेल चढ्ने सपना, कति छ रेल सेवाको भाडादर ?

विगत तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका यस क्षेत्रका नेपाली जनताको रेल चढेर भारतीय सीमावर्ती बजार जयनगरसम्म घुम्न जाने सपना बल्ल पुरा भएको हो ।नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भङ्गहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भएको थियो । आठ वर्ष २… Read More
Technology Travel World अन्तर्राष्ट्रिय जीवन समाचार 

भयानक दुर्घटना : बिभिन्न देशको ६६ जना यात्रु सहित कुल १३३ जना चढेको बिमान दुर्घटना

चीनमा सोमबार एउटा ठूलो दुर्घटना भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार चीनमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । प्राप्त जानकारी अनुसार उक्त विमानमा जम्मा १३३ जना सवार थिए । यद्यपी यस घटनामा कति जना घाइते भएका छन् भन्ने विवरण भने खुल्न सकेको छैन । यस घटनाको एक भिडियो पक्कै पनि बाहिर आएको छ जसमा यो दुर्घटना कति भयानक छ भनेर… Read More
Technology Travel अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय नियमित उडान कुवेतको जजिरा एयरवेजले गर्ने भएको छ । जजिराले बुद्ध जयन्ती अर्थात जेठ २ गतेदेखि कुबेत–भैरहवा–कुवेत नियमित उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिएको छ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले जजिराले जेठ २ देखि नियमित उडानका लागि निवेदन दिएको बताए । “अहिलेसम्म… Read More
Travel अन्तर्राष्ट्रिय जीवन देश राजनीतिक समाचार समाज 

नेपाललाई रुवान्डाका राजदूतकाे प्रस्ताव– ‘दुई पक्षीय हवाई सम्झौता गराैँ’

रुवान्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवान्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज आइतवार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गर्नुभएको हो । भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवर्द्धनमा फाइदा… Read More
Technology Travel जीवन देश रोचक / अनौठो दुनिया समाचार समाज 

बुद्ध एयरको नव विवाहित जोडीलाई अफरः पोखरा हनिमुनका लागि निशुल्क टिकट

बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ । यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिनको बुद्ध एयरको विमानमा यात्रा गरेको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । Read More
Technology Travel अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

अब नेपाल एअरलाइन्सले दुबईमा हप्तामा ९ उडान भर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ । एअरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकाेमा आज आइतवारदेखि थप दुई उडान थपेर हप्तामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय… Read More
Technology Travel देश राजनीतिक समाचार समाज 

पोखरा–काठमाण्डाै सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थ मन्त्री शर्मा

अर्थ मन्त्री जनार्दन शर्माले पोखरा–काठमाण्डाै सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले आज शुक्रवार कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिनुभएको हो । ‘पोखरा–काठमाण्डाैलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङ मार्ग बनाएर… Read More
Technology Travel अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

अब नेपाल एयरलाइन्सकै टिकटबाट विश्वका यि १० गन्तब्यमा उड्न पाइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट विश्वका १० गन्तब्य पुग्न सकिने भएको छ । युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न निगमकै टिकटवाट सम्भव हुने भएको हो । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग सम्झौता गरेर यस्तो सुविधा दिन लागेको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण… Read More
समाचार Travel जीवन देश राजनीतिक समाज 

तिहारमा घर जानेलाई खुसीको खवर ! नयाँ बसपार्क र सामाखुसीमा मिल्नेछ यस्तो अवसर

सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ। उपत्यकाका नयाँ बसपार्क र सामाखुसी तथा कलङ्की र कोटेश्वरमा मंगलवारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो। पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको कोभिड-१९ परीक्षण गर्दा ५३३ जनामा संक्रमण… Read More
जीवन Travel अन्तर्राष्ट्रिय देश राजनीतिक समाचार समाज 

नेपाल–भारतमैत्री बससेवा पुनः सञ्चालनमा

कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो । कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात… Read More
जीवन Travel देश समाचार समाज स्वास्थ्य / टिप्स 

पाँचथर बस दुर्घटनामा गम्भीर घाइते भएका १६ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए । नेपाली सेनाको एम( १७ हेलिकोप्टरले १६ जना बिरामी र तिनका तीन जना… Read More
जीवन Travel देश समाचार 

नेपालमा किन हुन्छ धेरै सडक दुर्घटना?, यी हुन ८ कारणहरु

नेपालको अधिकाँस सडक साँघुरो र घुमाउरो र भौगोलिक बनावट अनुसार नै बनेका बाटा । भिरालोमा भिरतिरै कोल्टे परेको, उकालोमा ठाडो उकालो, पहाडी बाटाहरुमा थुप्रै घुम्ती । सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्ड । त्रिशुली नदी किनारको सडक भएर यात्रा गर्दा चालक र यात्रुको मनमा त्रास भैरहन्छ । तराई देखी पहाडका जिल्लाहरुलाई राजधानी काठमाडौंसम्म जोड्ने यो सडकमा दैनिकजसो दुर्घटना… Read More
जीवन Travel देश समाचार समाज 

दशैँका लागि १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला

दशैंमा घर फर्कने यात्रुहरूलाई लक्षित गर्दै असोज १० गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि पनि यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गराउन पटकपटक प्रस्ताव गरेपनि भाडाको विषयले निर्णय हुन सकेको थिएन । सरकारले भाडा नबढाएसम्म… Read More
जीवन Travel World अन्तर्राष्ट्रिय समाचार समाज स्वास्थ्य / टिप्स 

नेपाल सहित २६ देशका विद्यार्थीलाई दक्षिण कोरिया प्रवेशमा रोक

सियोल । दक्षिण कोरियाले डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि त्यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि त्यहाँको सरकारले उक्त सुझाव दिएको हो । दक्षिण कोरियामा आगामी सेप्टेम्बरबाट कलेजहरूमा दोस्रो सेमेस्टर शुरु हुँदैछ । सुरु हुने भए तापनि यहाँको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित कोभिड–१९… Read More
Travel जीवन देश समाचार समाज 

गाडीको नयाँ भाडादर सार्वजनिक, अब कहाँको कति ? (सूचीसहित)

सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरिएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर अघिल्लो सरकारले २० देखि २८ प्रतिशतसम्म बढाएको भाडादर सार्वजनिक गरिएको हो छ । सार्वजनिक सूचीअनुसार काठमाडौं–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ । यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार… Read More
Travel जीवन देश समाचार समाज 

उपत्यकामा सार्वजनिक यातायात खोल्ने बिषयमा यस्तो निर्णय हुने

कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् । निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय नभैसकेको ललितपुरका सिडियोले बताए । नेपाल प्रेसका अनुसार ‘सार्वजनिक यातायात खुलाउन हामीलाई… Read More
World Travel अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

विमानस्थल खुल्यो, अब भोलि विदेश बाट नेपालीहरु आउँन जान मिल्ने

मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी… Read More
Travel अन्तर्राष्ट्रिय जीवन देश समाचार समाज 

कतारमा नियमित उडान, भाडादर महंगाे हुँदा श्रमिकले चढ्न पाएनन् जहाज

नेपाल सरकारले कतार लगायत टर्की र चीनको लागि भनेर जुन ७ देखि नियमित उडान सञ्चालन गर्‍याे । लामो समयदेखि वैदेशिक रोजगारीमा जान रोकिएकाहरु उत्साहित भए । कतार, टर्की लगायत यी देशमा ट्रान्जिट भएर अन्य गन्तव्य देश जान पर्खिरहेका नेपाली श्रमिकमा खुसी छायो । हप्तामा दुई वटा मात्रै हुने भए पनि नियमित उडान भनेपछि पहिलेकै भाडादरमा जान पाइने भो भनेर ढुक्क… Read More
Travel World अन्तर्राष्ट्रिय जीवन समाचार समाज स्वास्थ्य / टिप्स 

‘तत्काल उद्धार उडान सञ्चालन गरेर श्रमिकको उद्धार गर्नुपर्ने सूचना पाएका छैनौँ’

गएको वर्ष अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्नुपर्यो । अहिले पनि उडानहरू वैशाख मसान्तसम्मका लागि भनेर बन्द भएका छन् । उडानहरू बन्द भएकाले वैदेशिक रोजगारीमा जाने र आउने सबै अनिश्चयमा परेका छन् । नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण गर्न काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लाहरूमा निषेधाज्ञा छ । सडकहरू सुनसान छन् । टिकटको बन्दोबस्त गरिसकेकाहरु… Read More