समाचार Travel जीवन देश राजनीतिक समाज 

तिहारमा घर जानेलाई खुसीको खवर ! नयाँ बसपार्क र सामाखुसीमा मिल्नेछ यस्तो अवसर

सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।

उपत्यकाका नयाँ बसपार्क र सामाखुसी तथा कलङ्की र कोटेश्वरमा मंगलवारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो।

पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको कोभिड-१९ परीक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको छ। यस्तै, ४९० जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको छ।

संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ४१६ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६५ हजार २८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। सरकारले चैत महिनाभित्र लक्षित समूहलाई खोप दिने कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।

Facebook Comments Box

Related posts