नेपालले ओमानलाइ ८४ रनले हरायो । कुशलले नेपालबाट सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने कीर्तिमान पनि बनाए
काठमाडौँ — कुशल मल्लको शतकमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा शुक्रबार ओमानमाथि प्रभावशाली विजय हात पार्दै एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश सम्भावना औपचारिकतातर्फ बढाएको छ । कुशलको १ सय ८ रनमा नेपालले ओमानलाई ८४ रनले पराजित गरी आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल स्मरणीय बनाएको हो । टस हारेपछि ब्याटिङ गर्न आएको नेपालको सुरुआत दयनीय थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो रन…
Read More