खेलकुद Cricket 

ACC प्रिमियर कप: कुवेतविरुद्ध यूएईको शानदार जित, यी खेलाडी बने जितका हिरो

काठमाडौं

राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतलाई सानदार पराजित गरि युएईले प्रतियोगिताको सानदार सुरुआत गरेको छ । टियु मैदानमा भएको खेलमा युएई १ सय ४३ रनले विजयी भयो ।

युएईले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलब ३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भएको थियो । कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए । प्रविन्दर कुमारले २६ बलमा ५३ रनको सानदार अर्धशतकीय ईनिङ खेले । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए । युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ तथा जाहोर खान,रोहन मुस्ताफा,सचित शर्मा र आयान खानले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो । युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले अविजित शतकीय ईनिङ खेले । अरबिन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १ सय ८५ रन बनाए ।

मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्का १ सय १८ रन बनाए । चार दशमलब चार ओभरमा २४ रन बनाएर तीन विकेट गुमाएरको स्थितीमा पुगेको युएईका लागि मुस्ताफा र अरबिन्दले शतकीय साझेदारी गरेर टोलीलाई बलियो योगफलसम्म पुर्याएका थिए ।

मुस्ताफा र अरबिन्दबीच चौथो विकेटका लागि २ सय ७५ रनको विशाल साझेदारी भएको थियो । दुईबीचको साझेदारी कुवेतका सयद मनिबले तोडेका थिए । आसिफ खानले ९ बलमा ३० रन बनाए । कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २/२ तथा सयद मनिब,यासिन पटेलले समान १/१ विकेट लिए।

फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ । जितसँगै युएई समूह बी मा २ अंकका साथ स्थानमा रहेको छ । हारबाट प्रतियोगिता सुरुआत गरेको कुवेत अंक तालिकाको स्थानमा रहेको छ । वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् ।

सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ। फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

Facebook Comments Box

Related posts