खेलकुद Cricket 

शाहरुख खानले रिंकु सिंहलाई दिए यस्तो सन्देश

काठमाडौं

‘मैले सक्छु भन्नेमा म ढुक्क थिएँ। गत वर्ष पनि यस्तै केही भएको थियो। तर, मैले पाँच छक्का प्रहार गर्न सक्छु भन्ने सोचेको थिइनँ। बल आउँदा म सटहरू हानिरहेँ।’ रिंकु सिंहले गुजरात टाइटन्सविरुद्ध अन्तिम ओभरमा लगातार पाँच छक्का प्रहार गरेपछि आईपीएलमा आफ्नो टोली कोलकाता नाइट राइडर्सलाई जिताउन सफल भएनन् मात्र इतिहास समेत रचे।

क्रिकेटमा यस्तो इनिङ्स पहिले खेलेको थिएन किनकी रिंकु सिंह भन्दा पहिले अन्तिम ओभरमा पाँच छक्का प्रहार गर्ने कीर्तिमान कसैले पनि गरेका थिएनन्। युवराज सिंह, ग्यारी सोबर्स, रवि शास्त्री जस्ता क्रिकेटरले एक ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान गरेका छन्। त्यसो त ऋतुराज गायकवाडले एक ओभरमा (नो बल सहित) सात छक्का प्रहार गरेका थिए तर अन्तिम ओभरमा भने पाँच छक्का अहिलेसम्म हानिएको थिएन।

२०१६ को टी–२० क्रिकेट विश्वकपको फाइनलमा कार्लोस ब्राथवेटले लगातार चार छक्का प्रहार गरेर वेस्ट इन्डिजको लागि ट्रफी जितेका थिए, तर रिंकुले अगाडि बढेर पाँच छक्का प्रहार गरे। उसो त गुजरात टाइटन्स आईपीएल २०२३ मा लगातार तेस्रो जितनजिक थियो। तर रिंकु सिंहले उसको मुखबाट जित ओकल्न लगाए। अन्तिम ओभर अघि रिंकुले छक्का र चौका प्रहार गरेका थिए। यद्यपि अन्तिम ओभरमा कोलकाता नाइट राइडर्सलाई जितका लागि २९ रन जोड्नुपरेको थियो।

ओभरको पहिलो बलमा उमेश यादवले एक रन लिए। अब पाँच बलमा २८ रन बनाउन बाँकी थियो। बल यश दयालको हातमा थियो, अगाडि रिंकु सिंह ब्याटिङ गरिरहेका थिए। उनले लगातार पाँच छक्का प्रहार गरे र खेल कोलकाताले जित्यो।

खेलपछि कोलकाताका नियमित कप्तान श्रेयस अय्यरले रिंकुसँग फोनमा कुरा गर्दै गत वर्षको फ्ल्यासब्याक बाहिर आएको बताएका थिए।

गत वर्ष लखनउ सुपर जाइन्ट्स विरुद्धको खेलमा अन्तिम ओभरमा २१ रन बनाउनुपरेको थियो। त्यसपछि रिंकुले पहिलो चार बलमा ४, ६, ६, २ रन बनाए तर पाँचौं बलमा आउट भए र कोलकाता २ रनले मात्रै पराजित भयो।

आइतबारको खेलपछि टोलीका कप्तान नितिश राणाले रिंकुको त्यो अन्तिम ओभरबारे भने, ‘अलिकति विश्वास थियो किनभने गत वर्ष पनि उनले यस्तै केही गरेका थिए। यद्यपि त्योबेला हामीले जित्न सकेनौं। उसले खेल अनुसार खेल्यो। आवश्यक परेको बेला अन्तिम खेलमा उनले एउटा छेउबाट इनिङ्समा टिकेर देखाएका थिए।’ खेलमा रिंकुले छक्का प्रहार गरेको ब्याट कप्तान नितिश राणाको थियो, जसलाई उनले आज नै परिवर्तन गरेका छन्।

कोलकाताको जितमा उनको मुख्य भूमिका रहेपछि टोलीका मालिक एवं बलिउडका सुपरस्टार शाहरुख खानले रिंकुलाई बधाई सन्देश दिएका छन्। ट्वीटरमार्फत उनले ‘झूमे जो रिंकु’ सोशल मिडियामा ट्रेन्डिङ हुन थाल्यो। रिंकुले निरन्तर साथ दिएकोमा धन्यवाद पनि उनले धन्यवाद दिए। यसका अलावा भारतीय क्रिकेटका हस्तीहरूले पनि उनको तारिफ गरेका छन्।

Facebook Comments Box

Related posts