खेलकुद Cricket 

IPL – दिल्लीविरुद्ध लखनउको शानदार जित, दोहोर्‍यायो इतिहास

काठमाडौं

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ । लखनउको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ५० रनले पराजित भएको हो ।

लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो। दिल्लीका लागि कप्तान डेविड वार्नरले ४८ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए ।

लखनउका लागि मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको हो ।

लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाउँदा कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए ।

आयुष बदोनी ७ बलमा १८ रन बनाए । दिपक होडाले १७ तथा मार्कुस स्टोईनसले १२ रन बनाए । दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदिप यादवले समान १/१ विकेट लिए। लखनउले आईपीएल इतिहासको तेस्रो भेटमा पनि दिल्लीलाई हराएको छ।

जितसँगै २ अंक बनाएको लखनउ शीर्ष स्थानमा रहेको छ। हारसँगै अंकबिहिन दिल्ली छैटौं स्थानमा रहेको छ ।

यस्तै, पन्जाब किंग्सले भारतमा जारी १६औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ। शनिबारको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सलाई डीएल मेथडका आधारमा ७ रनले हराउँदै पन्जाबले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।

मोहालीमा १६ ओभर सकिँदा भारी वर्षा भएपछि खेलको निर्णय डीएल मेथडबाट लिइएको हो। पन्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा भारी वर्षाका कारण खेल रोकिएको थियो।

निरन्तर भारी वर्षा भएपछि डीएल मेथडमा पन्जाब ७ रनले विजयी भएको हो। कोलकत्ताका लागि आन्द्र रसेलले सर्वाधिक ३५, इम्प्याक्ट खेलाडीका रूपमा बरुण चक्रवर्तीको स्थानमा ब्याटिङमा आएका वेन्कटेस अय्यरले ३४, कप्तान नितिश राणाले २४ र रहमानउल्लाह गुर्बाजले २२ रन बनाए।

पन्जाबका लागि अर्शदीप सिंहले शानदार बलिङ गरे। उनले ३ ओभरमा १९ रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए। यस्तै, नाथन एलिस सिकन्दर राजा राहुल चाहर र साम करनले समान १/१ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो। उसका लागि भानुका राजपाक्षेले अर्धशतकीय पारी खेले। उनले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५० रनको योगदान दिए।

कप्तान शिखर धवनले ४०, साम करनले अविजित २६, प्रभसिमरन सिंहले २३, जितेश शर्माले २१, सिकन्दर राजाले १६ र शाहरुख खानले नटआउट ११ रन जोडे। जिम्बाब्वेका अलराउन्डर राजाको यो आईपीएल डेब्यू म्याच हो।

कोलकत्ताका लागि टिम साउथीले २, उमेश यादव, वरुण चक्रवर्ती र सुनिल नारायणले १/१ विकेट लिए।

Facebook Comments Box

Related posts