खेलकुद Cricket 

दिल्लीविरुद्ध बैंग्लोरको शानदार जित, यस्तो बन्यो अंक तालिका

काठमाडौं

भारतमा जारी १६औँ सिजनको आईपीएलअन्तर्गत शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर २३ रनले विजयी भएको छ। एम चिन्नास्वामी स्टेडियममा बैंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनाउन सक्यो।

उसका लागि मनिष पाण्डेले अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए। यस्तै, एनरिक नोर्कियाले अविजित २३, अक्षर पटेलले २१, कप्तान डेभिड वार्नरले १९ र अमान हाकिम खानले १८ रन जोडे।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। बैंग्लोरका लागि विजयकुमार विशाकले ३, मोहम्मद सिराजले २ तथा वेन पर्नेल, वानिन्दु हसरंगा र हर्षल पटेलले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । उसका लागि विराट कोहलीले अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए।

यस्तै, महिपाल लोमरोरले २६, ग्लेन म्याक्सवेलले २४, कप्तान फाफ डु प्लेसिसले २२, शाहबाज अहमदले अविजित २० र अनुज रावतले नटआउट १५ रन जोडे। हर्षल पटेलले ६ रन बनाउँदा दिनेश कार्तिक शून्य रनमा आउट भए।

दिल्लीका लागि कुलदीप यादव र मिचेल मार्शले २/२ तथा ललित यादव र अक्षर पटेलले १/१ विकेट लिए। बैंग्लोरको यो दोस्रो जित हो। यस जितसँगै बैंग्लोर अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ। लगातार पाँचौं हार ब्यहोरेको दिल्ली अंकविहीन रहँदै पुछारमा छ।

Facebook Comments Box

Related posts