जीवन Travel देश समाचार समाज 

दशैँका लागि १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला

दशैंमा घर फर्कने यात्रुहरूलाई लक्षित गर्दै असोज १० गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि पनि यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गराउन पटकपटक प्रस्ताव गरेपनि भाडाको विषयले निर्णय हुन सकेको थिएन ।

सरकारले भाडा नबढाएसम्म बुकिङ खुल्ला नगर्ने सार्वजनिक यातायात व्यवसायीले अडान लिएको भएपनि यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै हामीले बुकिङ खुल्ला गर्ने निर्णय गरेको सार्वजनिक यातायात व्यवसायी महासंघले जनाएको छ ।

यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा आफूहरु अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको हो । अग्रिम टिकट खुलाको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने हालसम्म सहमति जनाएको छैन ।

Facebook Comments Box

Related posts