Interview देश प्रेरित भनाइहरु भिडियो समाचार समाचार समाज 

बिहेको किस्सा सुनाउँदै टिकटकमा भाईरल जोडी सुरज-सिमाले पेट मिचीमिची हसाए । एक अर्काको पोल खोले (भिडियो हेर्नुस)

बिराटनगरका टिकटकमा हिट जोडी सुरज अधिकारी र सिमा काफ्लेको अन्तर्वार्ताको दोस्रो भाग शिशिर भण्डारीले प्रस्तुत गरेका छन् । अघिल्लो भागमा टिकटक यात्रा बताएका यि दुईले यसपाली आफ्नो बिहे प्रसँग र एक अर्काको स्वभाव बारे खुलेर बताएका छन् । सबैलाई हसाउने जोडी भनेर चिनिएका सुरज र सिमाले बिभिन्न सामाजिक र पारिवारिक गनथन मनथनमा आधारित भिडियोहरु बनाएर सबैको माया बटुल्दै आएका थिए । यस कुराकानीका बिच आफ्नो बिहे सम्झदै सुरजले आफुले सोल्टिनीलाई फकाएर बिहे गरेको बताए ।

यता सिमाले भने आफुले बहिे गर्ने स्विकृति पहिले नदिएको तर पछि बिहे गर्न तयार भएको बताईन् । सुरजले बिहेको दिनको ड्रेसको रमाईलो सम्झना गरे । बिहेको दिन सुरुवालको तुना कसिएकाले आफुलाई गाह्रो परेको बताउँदै सुरजले सिमालाई आफुले बिहेको दिन राम्ररी हेर्न नसकेको बताए । यता बिहे पछिको सम्झना यि दुईले एक अर्काको रामे बानी र नरामे बानी के के छ भनी पोल खोलेका छन् । भिडियो हेर्नुस

Facebook Comments Box

Related posts