World अन्तर्राष्ट्रिय जीवन समाचार समाज स्वास्थ्य / टिप्स 

अमिताभको घरमा कोरोना, अमिताभको स्वास्थ्य अवस्था कस्तो छ ?

भारतमा कोरोनाको घटनामा लगातार वृद्धि भइरहेको छ । मेघास्टार अमिताभ बच्चनको घरमा पनि एक कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । अमिताभ बच्चनले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘हाल घरेलू कोभिड परिस्थितिसँग जुुधिरेहेको छु प्रशंसकसँग पछि जोडिने छु ।’

उनको यो पोस्टमा उनका प्रशंसकले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जलसामा रहेका ७९ वर्षका अमिताभ बच्चन र उनको परिवार भने सुरक्षित नै छन् । अमिताभको दुवै बंगला प्रतिक्षा र जलसाको कर्मचारीको कोभिड परीक्षण भएको थियो । जसमा एकलाई कोरोना संक्रमण देखिएको छ । यी सदस्यलाई बीएमसीले कोभिड केयर सेन्टर–२ मा आइसोलेट गरिएको छ ।

नियमित चेकअपमा एक सदस्य पोजिटिभ
मुम्बई बीएमसीका स्वास्थ्य अधिकारी अजीत पंपाठवारले बताए अनुसार अमिताभको घरमा कुल ३१ कर्मचारीलाई परीक्षण गरिएको थियो । यी मध्ये १ पोजिटिभ पाइए ।

यद्यपि अमिताभ र परिवार उनको सम्पर्कमा आएका छैनन् । यो परीक्षण उनीहरुको नियमित परीक्षणमा गरिएको थियो । मुम्बईमा लगातार कोरोनामा वृद्धि भएपछि संक्रमणलाई मध्येनजर गर्दै सेलिब्रिटीहरु आफ्ना कर्मचारीहरुको परीक्षण गराइरहेका छन् ।

पुरै परिवार जलसामा बस्दै आएका छन्
अमिताभ बच्चनको परिवारसँग सम्बन्धित सुत्रका अनुसार अमिताभ बच्चन र पुरा परिवार सुरक्षित छन् । सबै परिवार जलसामै छन् । मानिससँग भेटघाट गर्ने सिलसिला पनि पहिले भन्दा धेरै कम भएको छ । २०२१ मा अमिताभ सहित परिवारका बाँकी सदस्यलाई कोरोनाको खोप लगाइसकिएको छ ।

Facebook Comments Box

Related posts