Interview जीवन देश भिडियो समाचार समाचार समाज 

पक्राउ परेकी भनिएकी शर्मिला वाइबा बुटवलमा भेटीईन, भन्छिन् जेल जान्छु तर रेखा थापा संग माफी माग्दिन्

आफुलाई अभियन्ता भन्ने केही ब्यक्तिहरुलाई प्रहरीले पल शाह घटनामा पक्राउ गरेको छ । एक किशोरीले कर णी गरेको भन्दै पल शाह विरुद्ध प्रहरीमा दिएको उजुरी पछि शाह पक्राउ परेका छन् । शाहको पक्षमा नारावाजी गर्दै तनहुँ प्रहरी कार्यालयमा पुग्ने र किशोरीको चरित्रका बारेमा कड्कलवाजी अभिब्यक्ति दिनेहरुलाई प्रहरीले कारवाही थालेको छ ।

प्रहरीको साइवर सेलले किशोरीका बारेमा अनावश्यक टिप्पणी गर्नेलाइ कारवाही गर्ने चेतावनी दिएपछि तनहुँ प्रहरी कार्यालय गेटमा नारावाजी गर्न पुगेका अभियन्ता र युट्युवरहरुले तनहुँ छोडेका छन् ।

यसैबीच नायिका रेखा थापाले किशोरीको पक्षमा दिएको अभिब्यक्तिलाई लिएर रेखाकै मान मर्दन हुने गरी अभिब्यक्ति दिएपछि केही युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ । युट्युवर राहुल थापा, हरी उदाशी पक्राउ परेका छन् । केही मिडियामा शर्मिला वाइवा पनि पक्राउ परेको समाचार प्रकाशन भएको थियो । त्यो कुराको पुष्टि भने प्रहरीले गरेको थिएन । शर्मिला विरुद्ध नायिका रेखाले उजुरी दिएकी थिइन् ।

मिडियामा शर्मिला पक्राउ भन्दै समाचार प्रकाशन भएपछि शर्मिलाले त्यसको खण्डन गर्दै आफु वुटवलमा रहेको बताएकी छन् । उनले आफु केही नीजि कामले बुटवल पुगेको र आफ्नो फोन पनि अफ नगरेको बताएकी छन् । यदि प्रहरीले बोलाएमा आफु प्रहरीको सम्पर्कमा जाने पनि बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफु पक्राउ नपरेको बताएकी हुन् । केही युट्युवमा पनि आफ्ना बारे गलत समाचार प्रकाशन भएको भन्दै उनले आपत्ती जनाएकी छन् । उनि संग गरिएको कुराकानीको भिडियो तल हेर्नुहोला :

Facebook Comments Box

Related posts