Interview जीवन देश भिडियो समाचार समाचार समाज 

आमा अर्कैसँग पोईला गएपछि र बुवाले अर्की श्रीमती ल्याएपछि ! घरबाट भागेर सडकमा गाउने बाबुको भिडियो भाईरल बन्यो (भिडियो हेर्नुस)

एक शहरमा सुन्दर परिवार छ, जहाँ आमाबुवा र एक छोरा बस्छन् । उनीहरुबिच मिठो पारिवारिक प्रेम छ, एक अर्कामा रमाउँदै खुशियालीका साथ जीवन बितिरहेको हुन्छ । त्यसैबिच श्रीमतीको बिदेश गएको साथी फर्केर नेपाल आईपुग्छ र उनलाई भेट्न घरमै आईपुग्छ । श्रीमतीले आफ्नो साथीलाई श्रीमान माँझ परिचित गराउँछिन् । श्रीमानलाई पहिलो भेटमै सो केटा मन पर्दैन । आफ्नी श्रीमती र ऊ नजिकिएर बोलेको उसलाई मन पर्दैन । यसैबिच एक दिन अफिसबाट फर्किदा श्रीमानले आफ्नी श्रीमती सोही साथीसँग जिस्किएर एक अर्कालाई छुदै बसिरहेको देख्छ । साथी गई सकेपछि उनीहरुबिच झगडा पर्दछ । सो झगडालाई अर्को कोठाबाट उनीहरुको छोराले देखिरहेका हुन्छन् । बाबाले आमालाई थप्पड हानेपछि छोरा झस्कन्छ र उसलाई ठुलो तनाव हुन्छ । झगडापछि आमा लुगा प्याक गरेर घर छोड्ने तरखरमा हुन्छिन् । छोराले नजानुस आमा भन्दै आमाको बाटो छेक्छ तर आमा रोकिदिनन । उता बाबा चाहि रक्सी पिएर बसिरहेको हुन्छ । आमाकै यादमा छोराको दिनहरु बित्छ । ऊ आफ्नो आमालाई सम्झेर आमाको फोटो च्यापेर धेरै रुन्छ । एकदिन उसको बुवा रक्सीले मातेर अर्कि केटी घरमा लिएर आउँछन् । त्यो कुरा छोराले देख्छ र आफ्नो स्कुलको झोला बोकेर राती घर छोड्छ ।

यसपछि कथा के हुन्छ ? त्यहि नै अहिले निकै नै चर्चामा रहेको गीत फोटो फिरिममा Child Version को कथा हो । शिशिर भण्डारीको शव्द तथा सँगीतमा निकै चर्चामा रहेको गीतको चाईल्ड भर्सनलाई सुप्रिम मल्ल ठकुरीले गाएका हुन् । यस अघि रचाना रिमाल र प्रताप दासको आवाजमा लाखौंले रुचाउनु भएको यस गीतमा शिशिर भण्डारी, असिम भण्डारी, आश्मा गिरी, रिनेक्स बस्नेत आदि कलाकारहरुको अभिनय रहेको छ । सामाजिक र पारिवारिक सन्देश प्रदान गर्ने गीतलाई हेरेर धेरैले आँशु धाम्न नसकेको बताईरहेका छन् । गीतले कहि दिनमै १० लाख दर्शहरुको माया पाएको छ भने गीत ट्रेण्डिँगको ३ नँ मा छ । भिडियो हेर्नुस

Facebook Comments Box

Related posts