Interview देश भिडियो समाचार समाचार समाज 

२५ वर्षको युवतीको यस्तो धन्दा, यस्तो काम गर्दागर्दै बाबुसम्मानका यी ब्याक्ति पनि समातिए (भिडियो सहित)

केही समय अगाडी बच्चाहरुको सुनको मुन्द्रा चोरी गरेको अभियोगमा पक्राउ परेकी एक युवती फेरी दोस्रो पटक पनि त्यस्तै अभियोगमा पक्राउ परेकी छन् । पहिलो पटक उनी अदालतवाट धरौटीमा रिहा भएकी थिइन् । त्यो घटना भएको धेरै दिन नहुँदै उनी फेरी अर्को घटनामा पक्राउ परिन् ।

त्यस्तो घटनामा संलग्न अम्बीका पुलामी मगरलाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनी विद्यालयको गेटमा गएर दिनभरी उभिन्थिन् । उनी विद्यालयमा आएका बालबालिकाले कानमा के लगाएका छन् भनेर निकै ध्यान दिन्थिन् । कानमा सुनका मुन्द्रा वा झुम्का लगाएकाहरुलाई चकलेट वा अन्य खानेकुरा दिएर फकाएर उनीहरुको कानवाट झिकेर लैजान्थिन् । उनले आफुलाई उनीहरुको माइजु वा आन्टी भन्दै सम्झाउँथिन् ।

कानवाट सुनका झुम्का वा मुन्द्रा निकालेर त्यस्तै नक्कली लगाएर पठाइदिन्थिन् । उनले त्यसरी चोरेर जम्मा पारेको सुन पसलमा गएर बेन्च्नेगरेकी थिइन् । उनले सुन पसलेलाई आफु निकै अप्ठेरोमा परेको र यो सुन आफ्नै हो भन्दै बेच्ने गर्थिन । २५ वर्षकै उमेरमा यस्तो काम गर्ने महिलालाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । यस अघि पनि सोही प्रकृतिको घटनामा पक्राउ पर्दा त्यसवारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related posts