Interview अन्तर्राष्ट्रिय राजनीतिक समाचार 

पुटिनलाई ठूलै रोग लागेको आशंका : लगातार हल्लिरहेको थियो खुट्टा, हातको चाल पनि अस्वभाविक (भिडियो)

युक्रेनमाथि कारवाहीपछि रुस “कमजोर देश” बनेको यूकेका रक्षामन्त्री बेन वालेसले बताए। रुसी सेना थाकेको र उनीहरूको देशले ठूलो नोक्सान बेहोरेको उनको भनाइ छ।

उनले स्काई न्यूजसँग भने: “राष्ट्रपति पुटिन पहिले जस्तो शक्तिशाली छैनन् र उनी अब आफैले बनाएको पिँजडामा थु’नि’एका मानिस भएका छन्। रुसी सेनाको भव्य प्रतिष्ठा खेर गएको छ।”

युक्रेनमाथि कारवाहीको नतिजा मात्र नभई आफ्नै सेनालाई गरेको व्यवहारको नतिजा समेत भोग्न पुटिन बा ध्य भएको वालेसले बताए।

कारवाहीसुरु भएको दुई महिना पुगिसकेको छ । यसैबीच रुसी सेनाले युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह शहर मारियुपोलमाथि क ब्जा गरेको छ ।

राष्ट्रपति भ्लादिमिरि पुटिनले मारियुपोलमाथि जीतको घोषणा गरे । यो जीतपछि पुटिनको रक्षामन्त्री सर्गेई शोइगुसँग भेटघाट भयो । यसको एउटा भिडियो सार्वजनिक भएको छ । यो देखेपछि पुटिन बिरामी भएको अड्कलबाजी गरिँदै छ ।

पुटिनको जीवन रहस्यले भरिएको छ । उनको नीजि जीवनबारे खासै धेरैलाई थाहा छैन । आफ्नो स्वास्थ्य अवस्थाबारे पुटिनले अहिलेसम्म केही पनि बताएका छैनन् । यस्तोमा सार्वजनिक भएको भिडियोमा पुटिनको हाउभाउ देखेपछि उनको स्वास्थ्यबारे विभिन्न प्रश्न उठिरहेका छन् ।

थुप्रै मिडिया रिपोर्टमा पुटिन थाइरोयड क्यान्सर वा पार्किन्सन्सजस्ता गम्भीर रोगसँग जुधिरहेको बताइएको छ । रिपोर्टमा बताइए अनुसार थुप्रै क्यान्सर विशेषज्ञ पुटिनसँग हिँड्छन् । आजकाल पुटिन स्टेरोयड पनि लिइरहेका छन् ।

वास्तवमा, भिडियोमा देखिए अनुसार पुटिन रक्षामन्त्री सर्गेई शोइगुसँग भेटघाटका बेला टेबलको एउटा कुना लगातार समातिरहेका थिए । उनको दाहिने हातको औँलामात्रै हल्लिरहेको थियो । उनको अनुहार पनि सुन्निएको थियो । कसैले किमोथेरापीको औषधी वा स्टे’रोइड लिइरहेको छ भने यस्तो हुने बताइन्छ । यस्तै, भिडियोमा पुटिनको लगातार खुट्टा हल्लिरहेको देखियो जुन पार्किन्सन्स रोगको लक्षण हो ।

स्विडिस इकोनोमिस्ट एन्डर्स असलन्डका अनुसार भिडियोमा पुटिन र शोइगु दुबै त’नावमा देखिएका छन् । साथै, दुबैजनाको स्वास्थ्य पनि राम्रो देखिएको छैन । उनीहरुको बसेको तरिका पनि ठिक देखिएको छैन । बैठकमा रक्षामन्त्री सर्गेई स्क्रिप्ट पढिरहेको देख्न सकिन्छ । बैठकमा प्रस्तुत गरिएका कुरालाई शोइगुले एउटा कागजमा लेखेका थिए । उनले यसलाई नै सरसर्ती पढिरहेको देखिए । यसबाहेक उनी भक्भकाइरहेका थिए, उनीहरुको शब्द पनि स्पष्ट सुनिएको थिएन । भिडियो तल हेर्नुहोस

Facebook Comments Box

Related posts