जीवन देश समाचार समाज 

आकाशमा उड्ने रहर आकाशमै विलायो एयरहोस्टेस कृष्मीको , आमा छोरीको सम्झना भावव्हिल

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार २२ जनाको नै निधन भएको छ । जहाजकी एयरहोस्टेस कृष्मी थापापनि यो देशले गुमाएको छ । सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उहाँलाई पर्खिएर बसेकी आमाको मुटु भक्कानिएको छ ।

आइतबार दिउँसो पोखरा विमानस्थलको प्रतिक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए।प्रतीक्षालयमा पर्खिरहेका आँखाहरू जहाजकी एयरहोस्टेस कृष्मी थापालाई खोजिरहेका थिए। तीमध्ये केही कृष्मीजस्तै एयरहोस्टेस थिए।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौं बित्दा पनि अत्तोपत्तो थिएन। उनीहरू भने कृष्मी फर्केर आउँछन् कि भन्ने झिनो आशा बोकेर कुरिरहेका थिए।सोमबार बिहान उक्त जहाज दुर्घटनामा परेको र जहाजमा रहेका सबैको मृत्यु भएको घोषणासँगै उनीहरूको आशाको दियो निभेको छ। उनीहरूकी साथी कृष्मी अब कहिल्यै फर्केर नआउने भएकी छन्।

आइतबार पोखराबाट जोमसोम उडानका क्रममा मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको एयर होस्टेस कृष्मी थापाकी आमा सोमबार पोखरामा छोरीलाई सम्झेर भावव्हिल हुँदै । तस्वीर : राधिका कँडेल
त्यस्तै, मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखराविमानस्थलमा झारिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् शव पोखरा विमानस्थल लगिएको हो । शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ । शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् ।

आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार विमान उडान भरेको केही मिनेटमै सम्पर्क विहीन भएको थियो। उक्त विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

Facebook Comments Box

Related posts