जीवन देश समाचार समाज 

नायिका मिरुना मगरले आँफुलाई ब्याड टच गर्ने युवकलाई भाई सम्झेर दिइन् माफी

कबड्डी ४ की नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरेका मुगुका फुर्पा तामागंलाई नायिकाले माफी दिएकी छिन् ।

फुर्पाले जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी नायिका मगरमाथी अ भ द्र व्यबहार गरे लगत्तै उनले आकश्मिक प्रतिक्रिया जनाउँदै एक झा पड हा नेर माफी समेत माग्न लगाएकी थिइन् ।

त्यस लगत्तै नायिका मगरले फुर्पा विरुद्ध दिएसँगै प्रहरीले पक्राउ गरेपछि चौतर्फी बिरोध भएसँगै उनलाई मंगलबार नै रिहा गरि दुई पक्ष एकसाथ छलफलमा बसेर नायिकाले माफी दिएकी हुन् ।

दुवै पक्षका अविभावकहरुको लित सम्झौतामा नायिकाले माफी दिएको र यस विषयमा कुरा मिलिसकेका कारण यस विषयलाई लिएर विबाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मीक तथा साम्प्रदायिका द्धेश फैलिन नदिन सबै सरोकारवालाहरुसँग जारी विज्ञप्तिमा अपिल गरिएको छ ।

मिलापत्र गरिएसँगै गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थ प्पड हा नेको र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गरेका छन् ।

सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख गरिएको छ । सहमति पत्रमा दुवै पक्षका अविभावकहरुको हस्ताक्षर छ ।

Facebook Comments Box

Related posts