जीवन देश समाचार समाज 

आटिलोले प्रतिकार गर्छन्, आँट नपुग्नेले पीडा लुकाएर बस्छन् भन्दै युकेबाट गर्जिइन् मिरुनाकी आमा, भनिन् तिमीले ठिक गरेकी थियौ छोरी

चलचित्र ‘कबड्डी ४ ’की नायिका मिरुना मगरलाई ‘ब्याड टच’ गरे लगत्तै उनले प्रतिक्रिया जनाइन् ।

फिल्म हेर्न आएका एक दर्शकले आफूलाई ‘ब्याड टच’ गरेसँगै ‘झापड हानेर’ प्रहरीको जिम्मा लगाएकी अभिनेत्री मिरुना मगरलाई धेरैले गाली गरिरहेका बेला उनकी आमाले युकेबाट भने साथ दिएकी छिन्।

सामाजिक सञ्जालमा चर्को आलोचना खेपेकी यी सुन्दरीले माफी समेत मागिसकेका बेला उनकी आमा शशि थापा सुब्बाले यूकेबाट छोरीको सर्मथनमा उत्रिएकी छिन् । सामाजिक सञ्जालमार्फत् मिरुनाकी आमा शशि थापा सुब्बाले मिरुनालाई साथ र हौसला दिँदै भनेकी छिन् आटिलोले प्रतिकार गर्छन्, आँट नपुग्नेले पीडा लुकाएर बस्छन् ।

मिरुनाकी आमाले उक्त सार्वजनिक भिडियोमा आफूले स्वाभिमानमा चोट पुगेर रन्थनिएको घाइते बाघीनी देखेको उल्लेख गरेकी छिन् ।

मिरुनाले पवित्र बस्त्र लगाएको लामालाई झापड हान्न नहुने भन्दै सामाजिक संजालमा उनको चर्को आलोचना भइरहँदा उनकी आमाले भने मिरुनाले सहि काम गरेको भन्दै समर्थन गरेकी छिन्।

मिरुनाकी आमा ले भनेकी छन्, ‘तर, सबैले भूल्यौं कि त्यही पवित्र बस्त्र लगाएका लामाको पापी हातले पनि सोहि सार्वजनिक ठाउँमा मिरूनाको संवेदनशील अंगमा समातेर निचर्यो भन्ने कुरो त्यो पनि तीन÷तीन चोटीरु तर मैले भूलिन छोरी।

धन्न म पनि तिमीले झापट हानेकोमा र यसरी आफ्नो करियर डुबाएकोमा विस्मात मानेर थकथकाउने र कर्ण फूसफूस गर्ने आमा परिन। त्यसैले यो मानेमा तिमी भाग्यमानी हौं छोरी।’ मिरुनाकी आमाले अहिले आएर मिरुनाको सर्मथनमा सामाजिक संजालमा आफ्नो धारणा राखिरहेका बेला यो विषय मिरुना पक्ष र फुर्बा पक्षबिच दुवैले गल्ती गरेको भन्दै यो विषयले किनारा लागिसकेको सहमति पत्रमा उल्लेख छ ।

Facebook Comments Box

Related posts