समाचार देश समाज 

प्रहरी आलाेचित बनिरहेकाे ‘निर्मला पन्त हत्या प्रकरण’ काे टुङ्गाे लगाउनु प्राथमिकतामा : आईजीपी सिंह

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले निर्मला पन्त हत्याको विषयलाई टुङ्गो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताउनुभएकाे छ । आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले नेपाल प्रहरी आलोचित बनिरहेको प्रकरणमा आफ्नाे ध्यान जाने बताउनुभएकाे हाे ।

उहाँले प्रहरीको सरुवा/बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे । महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिलाई नै सरुवा र बढुवामा प्राथमिकता दिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकहरूले प्राथमिकतामा राखेर अघि बढाएका कामहरूलाई पनि आफूले निरन्तरता दिने बताउनुभयो ।

नेपाल सरकारले सिंहलाई गएकाे वैशाख १८ गते प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै दाबेदार मानिएका अतिरिक्त महानिरीक्षकहरूले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यसको टुङ्गो अझै लागिसकेको छैन । महानिरीक्षक सिंहले आईजीपीको कार्यभार सम्हालेको आज एक महिना पुगेको छ ।

Facebook Comments Box

Related posts