Interview जीवन देश भिडियो समाचार समाचार समाज 

कबड्डी ४ की नायिका मीरुना मगर बारे सनसनीपूर्ण खुलासा (भिडियो सहित)

फिल्म हलबाहिर एकजना बौद्ध भीक्षुबाट र्दुव्यवहारको आरोप लगाएकी नायिका मीरुना मगरबारे सनसनीपूर्ण खुलासा भएको छ । घटनापछि भीक्षू पक्राउ परेका र घटनाप्रति माफी मागेपछि रिहा भएको भनिएपनि वास्तविकता फरक रहेको खुलेको छ ।

पक्राउ परी छुटेका भीक्षुको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । जसमा उनले आफू निर्दोष रहेको र नायिकाले आफ्नो करिअर बचाइदिन अनुनय विनय गरेर सम्झौता गरेको बताए ।

उनले भने, ‘हिरोइन मेरो अगाडि रोइन् । उनलाई बचाउनका लागि मैंले आफ्नो गल्ती भनेको हुँ ।’ सर्वसाधारणबाट नै नायिका मगर असुरक्षित हुने अवस्था भएकाले आफू झुक्न तयार भएको भिक्षुले बताएका छन् ।

सिभिल मलमा चलचित्र कबड्डी कबड्डी ४ की नायिका मीरुना मगरले आफूलाई गलत तरिकाले भीक्षुले छोएको भन्दै थप्पड हानेकी थिइन् । तर, भीक्षुले गलत तरिकाले छोएको कुनै प्रमाण फेला नपरेपछि घटना विवादमा परेको थियो ।

Facebook Comments Box

Related posts