देश समाचार 

ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य, ठूलो मूल्य एकैदिन घटेपछि सर्वसाधारण खुशीले फुरुगं

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज बसेको सत्ता गठवन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटनाउन सहमति भएको छ ।

गठवन्धनको निणर्य अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने गरेसँगै अब पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टितेलमा २९ रुपैयाँ मूल्य घटेको छ ।

यो पनि : एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै:नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

बबरमहलस्थित कार्की बैङ्कटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका विषयमासमेत छलफल गरिने तथा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरिने छ ।

पार्टीको प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी छलफल गरिने जानकारी दिनुभयो ।

Facebook Comments Box

Related posts