समाचार देश 

उडिरहेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने यी लाठे तन्नेरी को हुन् ? सलाई र चुरोट कसरी लगे जहाज भित्र ? प्रहरीले के हेरेर बसेको थियो ?

काठमाडौँ ।

यात्रुलाई जहाजभित्र चुरोट तान्ने मौका दिइन्न । तर बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा एक यात्रुले चुरोट तानेपछि उनी समातिएका छन् ।

उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार ति यात्रु अन्दाजी २८ वर्षीय नारायण उपाध्याय हुन् ।

उनलाई विमान उडीरहेको समयमा विमानका कमएचारीले उडान अवधिभर निगरानीमा राखेर अवतरण गरे लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान नपाइने भएता पनि उनले विमानस्थलको सुरक्षा जाँचलाई चुनौती दिँदै उनले प्रज्वलनशिल पर्दाथलाई जहाजभित्र लैजान सफल भएका थिए ।

यो विषयले नेपाल विमानस्थल सुरक्षामा खटिएका प्रहरीको काममाथि आशंका पैदा गरेको छ । जुन वस्तु यात्रुको साथमा हुँदा दुर्घटनासम्मको जोखिम अत्यन्त हुने गर्छ ।

Facebook Comments Box

Related posts