Technology 

भदौ २३ गते आइफोन–१४ सार्वजनिक हुने

विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

यो पनि, चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । कुल वैदेशिक व्यापारमध्यो नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, अष्ट्रेलिया, भियतनाम र सिंगापुर रहेका छन् । भारतसँग नेपालको व्यापार घाटा ६७ अर्ब ९४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । चीनसँग १८ अर्ब ७० करोड २६ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार गत साउन महिनामा इन्डोनेसियासँग ४ अर्ब ९४ करोड ८६ लाख ५७ हजार रुपैयाँ, अर्जेन्टिनासँग ४ अर्ब २१ करोड ६ लाख ४३ हजार रुपैयाँ, बेल्यिमसँग २ अर्ब ६७ करोड २८ लाख ३४ हजार रुपैयाँ र युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ व्यापार घाटा रहेको छ । यस्तै, ओमानसँग २ अर्ब ९ करोड ९६ लाख २३ हजार रुपैयाँ, अष्ट्रेलियासँग १ अर्ब ४१ करोड २६ लाख ४२ हजार रुपैयाँ, भियतनामसँग १ अर्ब २१ करोड ६ लाख २० हजार रुपैयाँ र सिंगापुरसँग ९३ करोड १३ लाख २ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।

Facebook Comments Box

Related posts