समाचार जीवन 

अभिनेता पल शाहका फ्यानका लागि आयो दुखद खबर

काठमाडौं, २१ भदौ:

नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् । अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।

र यो पनि,
नायक पल शाह कहिले छुट्लान् ? सारा नेपाली कला प्रेमी दर्शकहरुको प्रश्न हो यो ।

नायक पलको आज नवलपुर जिल्ला अदालतमा नायक पल शाहको ब ला,त्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले बहस भइरहेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा अहिले बहस जारी छ । पललाई न्यायाधीश आचार्यले सफाइ दिएको अवस्थामा उनी आज नै नछुट्ने स्रोतको दाबी छ ।

तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेकाले उनी थुनामै रहनुपर्ने अवस्थाकाबिच पलको तर्फबाट ६- ७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए ।

स्रोतका अनुसार जारी इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये आज एउटा फैशला हुनेछ ।

पिडित गायिकाले नवलपुर र तनहुँ गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुइटै जिल्ला अदालतमा एकै पीडितबाट ब लात्कार मुद्दा खेपिरहेका छन् ।

जब डेढ करोडको कार चढेर चितवन पुगिन् सुन्दरी नायिका आँचल शर्मा, त्यसपछि… : लोकप्रिय नायिका आँचल शर्मा यतिबेला चलचित्र झिंगे दाउको प्रचार प्रसारमा निकै ब्यस्त छिन् । उनी अभिनित चलचित्र झिंगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।

चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो ।चितवनका दुवै हलमा झिंगे दाउको शो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया र सद्भावले नतमस्तक भएको प्रक्रिया दिइन् ।

हलमा नायिका आँचललाई देखेपछि दर्शकले सेल्फी लिन घेरा हालेका थिए । उनीसँग तस्बिर लिन वृद्धदेखि बालकसम्म झुम्मिएका थिए । रमाइलो कुरा त के भने आँचल सिचतवन जाँदा डेढ करोडको गाडीमा गएकी थिइन् । आँचललाई देखेपछि स्थानीय दर्शकहरु उनीसँग सेल्फी र तस्विर खिच्न लालायित बनेका थिए ।ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिंगे दाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसााललगायत कलाकारको अभिनय छ ।

Facebook Comments Box

Related posts