स्वास्थ्य / टिप्स 

उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग निदानका लागि तिते करेला !

आयुर्वेदिक चिकित्सामा तिते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ ।

पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ । तिते करेलाको स्वाद तितो हुने भएकाले यसलाई मानिसहरु खान खासै रुचाउँदैनन् । तर यो मानव स्वास्थ्यको लागि निकै नै फाइदाजनक छ । यसका फाइदाहरु यस प्रकार छन् ।

१. शरीरमा कफ जम्मा भएमा करेला निकै नै लाभदायक हुन्छ । यसमा पाइने फस्फोरसले शरीरको कफलाई बाहिर निकाल्न सघाउ पुर्याउँछ ।
२. करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
३. करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खानु लाभदायक हुन्छ ।
४. दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु उपयुक्त हुन्छ ।
५. पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन् ।

६. बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
७. कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।
८. डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।
९. करेला खानाले रगत सफा बनाउनुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
१०. बाथ रोग र हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।

नुन सबैभन्दा हानिकारक, प्रेसरका बिरामीलाई औषधिको रुपमा आलस

हामी आवश्यकताभन्दा दश गुणाबढी नुन सेवन गरिरहेका हुन्छौं । चाहिने भन्दा बढी नुनको सेवनकै कारण वर्षमा चालीस लाख मानिसले जीवन गुमाउँछन् ।

रक्तचाप बढाउने एक कारक नुन पनि हो । उच्च रक्तचापका कारण मानिसको ज्यान जान्छ । मानिसलाई जति नुन आवश्यक पर्छ त्यो मात्रा त तरकारी र अन्य प्राकृतिक खाद्यवस्तुबाट प्राप्त भइरहेको हुन्छ । बाँकी हामीले तरकारीमा हाल्ने नुन त जीब्रोको स्वादका लागि मात्रै हो ।

एक अध्ययनअनुसार यदि हामीले नुनको अनावश्यक मात्रालाई नियन्त्रण गर्न सक्यौं भने हृदयघातबाट ज्यान जाने जोखिम २२ प्रतिशत कम हुन्छ भने हृदयघात हुने सम्भावना १५ प्रतिशतले कम हुन्छ ।

हामी दैनिक आवश्यकताभन्दा १० गुणा बढी नुन प्रयोग गरिरहेका हुन्छौं । नुन सोडियम र क्लोराइडबाट बनेको हुन्छ । यी दुई तत्वमध्ये सोडियमको काम शरीर बिगार्ने मात्रै हो भन्दा पनि फरक पर्दैन ।

जब तपाई नुन बढी प्रयोग गर्नुहुन्छ, तब शरीरले त्यो अनावश्यक नुनलाई आफ्नो प्रणालीबाट बाहिरी निकाल्न जोर लगाउन थाल्छ । त्यो जोर लगाउने क्रममा शरीरले ब्लड प्रेसर पनि बढाउँछ । अन्ततः त्यही जोर नै ब्लड प्रेसर भन्ने बिमारी बनिदिन्छ ।

नुन भएको खानेकुरा खाएको ३० मिनेटपछि यसले शरीरमा हानी पुर्‍याउन थाल्छ । नुनले नशामा हानी पुर्याउँछ । शरीरमा नुन नहुँदा के हुँदो रहेछ भन्ने अध्ययन गर्न वैज्ञानिकहरु नुन सेवन नगर्ने मानिसहरुको वस्तीमा पुगे ।

नुन नखाने अमेजनको बुढा रेड इन्डियनहरु प्रेसर जाँच्दा उनीहरुमा १००/६० पाइयो । जुन त्यहाँका वयस्कहरु बराबर नै थियो । हामी १२०/८० ठीक हो भन्ने ठान्छौं । खानपानमा मात्रै परिवर्तन गर्दा धेरै बिरामीहरुको प्रेसर १०५/८० मा अडिएको छ । पोल्ट्री सञ्चालकहरुले कुखुराको वजन कृत्रिम रुपमा बढाउँन सोडियम मिसिएको पानी कुखुरामा हाल्छन् । जसका कारण कुखुराको मासुमा आवश्यक भन्दा बढी सोडियम बस्छ । सेतो मासु भए पनि कतिपय अवस्थामा कुखुराको मासु पनि हानिकारक हुन्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुमा हृदयघातको सम्भावना १५ प्रतिशतले कम हुन्छ । ज्यानै गुमाउने जोखिम यसले २५ प्रतिशतले कम गर्छ । विज्ञहरुले गरेको एक परिक्षणमा बिरामीहरुले खाने अन्नको मात्रा १० बाट घटाएर ३ मा ल्याइयो । जसले अनौठौ परिणाम दियो ।

अन्नको मात्रा घटाएपछि उनीहरुमा गरिएको परीक्षणमा के देखियो भने औषधि सेवन गरे बराबरको न्यून जोखिममा ती बिरामीहरु थिए । अर्थात यसले हृदयघातको सम्भावना औषधि सेवन गर्दा जति नै घट्यो ।

माछामासुको धेरै सेवनले उच्चरक्तचापको समस्या आउँछ । यसको मतलव माछा मासु खानै नहुने भन्न होइन । क्यानिफोर्नियामा ८९ हजार मानिसहरुमा गरिएको अध्ययनले एक अनौठो नतिजा बाहिर ल्याएको छ । ती मध्ये हप्तामा एक भन्दा बढी पटक मासु खाने मानिस भन्दा २३ प्रतिशत कम जोखिम महिनामा एक दुई पटक खानेमा देखियो । माछा मात्रै खाने मानिसमा उच्च रक्तचापको जोखिम ३८ प्रतिशत कम देखियो ।

माछा र मासु दु्वै नखानेमा यस्तो जोखिम ५५ प्रतिशतले कम भयो । माछामासु, अण्डा र डेरी उत्पादन छाडन् मानिसमा रक्तचापको जोखिम ७५ प्रतिशतले कम भयो । यसबाट के देखिन्छ भने जनावर वा पशुपंक्षीबाट प्राप्त हुने खाद्यवस्तुले उच्च रक्तचापको जोखिम बढाउँछ ।

चमत्कारी आलस

तपाईको रक्तचाप माथि १४७ र तल ११५ छ भने तपाईले औषधि खानै पर्छ । एक बृहद अध्ययनका क्रममा के देखियो भने केही चम्चा आलस वा आलसको धुलो नियमित सेवन गर्ने हो भने तल १५ पोइन्ट र माथि ७ पोइन्ट रक्तचाप आफै कम हुन्छ । अर्थात माथिक १४७ र तल ११५ हुनेले नियमित आलस सेवन गर्दा औषधि खान नपर्ने लेभलमा ब्लड प्रेसर आउन सक्छ । १४० र ९० भनेको प्रेसरको सीमा हो । यो भन्दा माथि भयो भने मात्रै औषधि सेवन गर्नुपर्छ । यो मात्रा भनेको दिनहुँ एरोविक गर्नुभन्दा दुई गुणा बढी प्रभावकारी देखियो ।

Facebook Comments Box

Related posts