स्वास्थ्य / टिप्स 

फ्रिजमा राखेको पानी सिधै पिउने गर्नुहुन्छ भने यस्तो खतरनाक समस्याको शिकार बन्नुहुदैछ

गर्मीको समयमा मानिसहरू प्राय फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पुर्‍याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ ।

वजन बढाउँछ
खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

घाँटीको संक्रमण
धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने गरेको छ ।

शरीरको तापक्रममा असर गर्छ
शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

मुटुको गति कम पार्छ
जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

पाचन प्रक्रियामा असर
बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

यस्ता छन् धेरै चिसो पानी पिउनुका हानी

१) फ्रिजमा राखेको चिसो पानी पिउनाले मुटुमा प्रत्यक्ष असर गर्छ । यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ । यसबाट मुुटुको भल्भ खराब हुने समस्या समेत देखिन सक्छ ।

२) धेरै चिसो पानीका कारण रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । खाना राम्रोसँग नपच्दा आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३) धेरै चिसो पानी पिउँदा शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ ।

४) धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।

अन्य बेफाईदा

गर्मी मौसममा चिसो पानी कसलाई पो पिउन मन नलाग्ला र ? अझ फ्रिजमा राखेको चिसो चिसो पानी पिउनुको त मज्जा नै छुट्टै हुन्छ ।

त्यसैले त धेरै जसो मानिस गर्मीमा फ्रिजकै पानी पिउन रुचाउँछन् । तर के तपाईलाई थाहा छ फ्रिजको पानी सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि कत्तिको हानिकारक छ ?

१. कृतिम तरीकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रम भन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक छ ।

२. फ्रिजमा चिस्याइएको पानी पिउनाले पेटको ठूलो आन्द्रामा नोक्सान पुग्दा ठूलो आन्द्रा सुक्न थाल्छ जसले गर्दा आद्राले सही तरीकाले काम गर्न सक्दैन । परिणामस्वरुप, विहानको समयमा पेट खल्लास नभई पेटको समस्या उत्पन्न हुन्छ ।

३. धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्या हुनेगर्छ ।

४. धेरै चिसो पानीको सेवनले हाम्रो शरीरको कोषिकाहरु सुक्न थाल्छ र जसले गर्दा उक्त कोषिकाहरुले सही तरीकाले काम गर्न सक्दैन । यसको असर तपाईको मेटाबोलिज्म तथा स्वास्थ्यमा समेत सिधै असर पर्ने गर्छ ।

५. फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ । यदि तपाईले दिनहुँ फ्रिजको चिसो पानी सेवन गर्नुहुन्छ भने होशियार हुनुहोस् । यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

Facebook Comments Box

Related posts