स्वास्थ्य / टिप्स 

औषधीको भण्डार बदामको दैनिक सेवनले फाइदै फाइदा

भिजाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवर्दक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ । बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।

बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ । बदाम खानाले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ ।

बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । क्षमताभन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाई कम गर्नमा अझ प्रभावकारी हुन्छ ।

छालामा चमक: बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्याधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ ।

डिप्रेसनबाट जोगाउँछ: बदाममा हुने ‘ट्राइपटोफन’ नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनाबबाट मुक्ति हुनका लागि दैनिक एक मुठी बदाम खानुहोस् ।

कोलेस्टेरोल तह नियन्त्रण: बदाममा हुने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

डायबिटिजबाट जोगाउँछ: बदाममा हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ‘ब्लड सुगर’को तह कायम राख्न सघाउँछ । यसले डायबिटिजको समस्याबाट जोगाउँछ ।

क्यान्सरबाट बचाउँछ: बदाममा ‘फाइटोस्टेरोल’ नाम गरेको तत्व हुने हुँदा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ ।

स्ट्रोकको खतरामा कमी: बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्व हुन्छन् । जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

बदाम खानले एलर्जी रोक्छ: बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो ।

शोधले देखाएअनुसार शिशुवस्थामा नै बदाम खुवाइँदा ८० प्रतिशतले शिशुहरूमा हुने एलर्जीलाई घटाउन सहयोग हुने बताइएको छ । यो अध्ययन ‘द नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ले गराएको थियो । संस्थाले यो पत्ता लगाउनुलाई महत्वपूर्ण खोज भनेको छ ।

Facebook Comments Box

Related posts