स्वास्थ्य / टिप्स 

राति सुत्दा यस्ता ६ गल्तिहरु भुलेर पनि नगर्नुहोला – जान्नुहोस

मान्छेलाई निन्द्रा नभई नहुने हो । त्यसैले भन्ने पनि गरेका छन्, मान्छेले आधा जीवन त सुतेरै बिताउँछ । तर निन्द्रा गहिरो र आरामदायी भने हुनुपर्छ । नत्र स्वास्थ्यलाई हानी गर्छ भने हाम्रो दैनिकीमा समेत खटपट हुन्छ ।

एक अध्ययन अनुसार विश्वमा ३९ प्रतिशत मानिस मात्रै आरामसँग सुत्ने गरेका छन् । २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन् । तर धेरैजसो आफ्नै गल्तीका कारण मानिसहरु आफ्नो निन्द्रा सुरक्षित बनाउन सक्दैनन् । तल हामीले त्यस्ता केही कारणहरु उल्लेख गरेका छौँ । ती बानी तपाईमा छन् भने तुरुन्त हटाउनु होला ।

१. राति कफी पिउने

तपाई सुत्नु भन्दा अगाडि कफी कदापि नपिउनुहोस् । कफिन आफैमा उत्तेजक पदार्थ भएकाले अलि कडा कफी खाएर सुत्दा सुताईको न्युरो ट्रान्समिटरलाई अवरोध गरिदिन्छ र इन्सोमेनिया निम्त्याइदिन्छ । पकाएको चिनीले पनि सुत्ने समयमा हर्मन नियन्त्रण गर्ने अंगलाई दबाब दिन्छ जसका कारण तपाईलाई रातभर निन्द्रा नआउन सक्छ ।

२. पाल्तु जनावरसँग सुत्ने

एउटा अध्ययनले देखाए अनुसार पाल्तु जनावरलाई सँगै राखेर सुत्ने मानिसहरुमध्ये ६३ प्रतिशत मस्तसँग सुत्न सक्दैनन् । त्यसैले सुत्दा जहिले पनि पाल्तु जनावरलाई सँगै राखेर नसुत्नुहोला । ती जनावरको र्याल र अन्य रोग मानिसमा सर्ने भएकोले पनि सँगै सुत्नु निन्द्रा मात्रा नभई स्वास्थ्यको हिसाबले पनि उचित नहुने स्वास्थ्र्कीहरु बताउँछन् ।

३. अलार्म लगाउने

तपाईले मध्य रातमा अलार्म लगाउने गर्नु भएको छ ? त्यो बानी हटाउनुहोस् । कतिपयले अलार्म लगाएर मध्ये रातमा निन्द्राबाट ब्युतिएर आफ्नो काम सकेर फेरि सुत्ने गर्छन् । तर यसो गर्दा स्वास्थ्यमा गम्भिर असर गर्छ । यसो गर्दा दिउसोभर कमजोर अनुभव समेत हुन्छ । त्यसैले मध्य रातमा अलार्म नलगाउनुहोस् । बरु ठीक उठ्ने समयमा मात्र अर्लाम लगाउनुहोस् । सकभर आफैं ब्युतने प्रयास गर्नुहोला ।

४. अत्यधिक मदिरा सेवन

कोहीले अत्यधिक मदिरा सेवन गर्ने सुत्ने गर्छन् । मदिरा सेवन गरेर सुत्दा निन्द्रा नलाग्ने होइन । तर, यसरी सुतेमा बेहोसमा ढले जस्तो हुन्छ र भोलिपल्ट टाउको गह्रोङ्गो हुन्छ । मदिरा सेवन गरेर सुत्दा प्राय मानिसले सपना देखिदैन् भन्छन् । यही कारणले नदेख्ने बताइन्छ । एक युनिट मदिरा प्रोसिस गर्न शरिरलाई सामान्यतया १ घन्टा लाग्ने गर्दछ । सुत्ने बेलामा बरु मदिराको सट्टा हर्बल टी सेवन गर्दा राम्रो हुन्छ ।

५. बेडमा प्रविधिको प्रयोग

७८ प्रतिशत मानिसले स्मार्ट फोन, ट्याबलेट, ल्यापटप आदिको प्रयोग गर्छन् । तर, त्यस्ता उपकरणहरुबाट उत्पादन हुने निलो प्रकाशले सुत्नका लागि सहयोग गर्ने हर्मन मेलाटोनिन उत्पादन गर्न ढिलाइ गर्छ । कतिपय अवस्थामा उत्पादनै गर्दैैनन् । तसर्थ बेडमा जाने बेलामा त्यस्ता सामान टाढा र बन्द गरेर राख्नुस् ।

६. टेलिभिजन खोलेर सुत्ने

३८ प्रतिशत मानिसहरु बेडमा सुतेरै टेलिभिजन हेर्ने अध्ययनले देखाएको छ । तर, टेलिभिजन खोलेर सुतेमा भोलिपल्ट बिहान ढिलो उठिने त हुन् नै निन्द्रामा पनि असर पुग्छ ।
कहिलेकाही टिभी हेर्दाहेर्दै बत्ति गएमा तपाईले बिर्सेर बत्तिको स्विच बन्द गर्न बिर्सनु भयो भने मध्यरातमा बत्ती आउँदा निन्द्रा झनै झस्किन सक्छ ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Facebook Comments Box

Related posts