स्वास्थ्य / टिप्स 

शरीरमा किन आउँछ मुसा ? हप्तामा नै गायब पार्न अपनाउनुहोस् यी उपाय !

काठमाडौँ ।

मानिसको छालामा विभिन्न खालका समस्याहरु आउने गर्छ। ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोगलाई मुसा भन्छौं। यसका सयौं प्रजातीका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ। हात, खुट्टा वा गर्धनमा मुसा देखापर्दछ।

मुसाका बिभिन्न प्रकारहरु-१. औला-मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औलाहरुमा आउने गर्दछ। यस प्रकारको मुसाले अन्य स्वास्थ्य समस्या भने दिदैन।२. पैताला-मुसा पैताला वा हत्केलामा आउने गर्दछ। यसले शरीरमा निकै पिडा दिने गर्दछ। हिँड्ने बेलामा पैताला वा हात चलाउँदा हत्केलामा दुखाइ निम्त्याउने गर्दछ।

३. अनुहार-अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ। मुसा स–साना खैरो रंगका हुने गर्दछन्। मुसा अनुहारमा पनि आउने गर्दछन्।४. यौनांगमा सर्ने-विशेषतः घाउ हुनेहरुसँग असुरक्षित सम्पर्क भएपछि यौनांगमा मुसा सर्ने गर्दछ।असुरक्षित सम्पर्क २ सातादेखि १ बर्षको अवधिभित्र देखा पर्न सक्छ। मुसाले गुद्वद्वारको क्यान्सर समेत गराउन सक्छ।

यसको उपचारहरु-१.हातखुट्टामा आउने मुसा केहि समयपछि आफैँ निको हुने गर्दछ। पैताला वा हत्केलामा आएको वा यौनांगमा आउने र अनुहारमा आउने मुसाहरु भने आफैं निको हुँदैनन्। मुसा सरुवा रोगका कारणले हुने गर्दछ।

के हो पित्तथैलीको पत्थरी ? के पित्त काटेर फाल्दा पछि स्वास्थ्यमा समस्या हुन्छ ?
आजकल धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ । त्यसमा पनि पित्तथैलीमा देखापर्ने पत्थरीले धेरै मानिसलाई सताउने गर्दछ । यो रोग हरेक उमेर तथा समुहका मानिसमा देखापर्छ । औसतमा ३० देखि ४० वर्षसम्मका मानिसमा तुलनात्मक रूपमा धेरै देखा पर्ने पित्तथैलीको रोग पुरुषको तुलनामा महिलामा बढी देखिन्छ ।

पित्तथैलीको पत्थरी कुनै रोग विशेषको कारणले नभएपनि यसका विविध कारणहरू देखिएको छ । मोटोपना, मधुमेह, निरन्तरको व्रत, रक्त अल्पता, गर्भनिरोधक चक्कीको बढी सेवन लगायतका कारणले पनि पित्तथैलीको पत्थरी हुने गर्दछ ।

पत्थरीका लक्ष्ँणमा पेटमा अत्यधिक दु:खाइ हुने, दाहिने कोखा दुख्ने वा माथिल्लो पेट बढि मात्रामा दुख्ने लगायतका लक्ष्ँणहरु हुने गर्दछन् । यो दु:खाइ कहिलेकाही दाहिने पाखुरातिर वा ढाडतिर पनि हुने गर्दछ ।

विशेषत यस्ता दु:खाइ चिल्लो खानेकुरा खाएपछि बढि हुने गर्दछ । तर दुखेको केहि घण्टामा यो विस्तारै कम हुने गर्दछ । तर पित्तथैलीमा पत्थरीको आकार बढे वा अवस्था जटिल हुदै गएमा यो पिडा हरेक दिन बल्झिने गर्दछ । पेट ढुस्स भएर फुलेजस्तो हुनु, अपच हुनु र डकार आउनु पित्तथैलीको पत्थरीको मुख्य लक्षण हो ।

पित्तथैलीमा समस्या देखापरेपछि धेरै मानिसमा यसको अप्रेसन गर्न नुहने भन्ने भ्रम छ । तर अनुभवी तथा विशेषज्ञ चिकित्सकबाट पित्तथैलीको अप्रेसन गर्दा यो पुर्ण निको हुन्छ । अप्रेशनमा पित्तथैली निकालेर फालिन्छ । तर कतिपय मानिसमा पित्तथैली फालेपछि शरीर कमजोर हुने शरीर क्षीण हुदै जाने लगायतका भ्रम रहने गरेको छ । तर यो सत्य होइन । पित्तथैली फाले पनि मानिसको आयु र जीवनमा यसले कुनै असर पार्दैन ।

Facebook Comments Box

Related posts