भिडियो समाचार राजनीतिक 

प्रेममा असफल भएपछि राजनीतिमा आएकी थिइन् डाक्टर तोषिमा कार्की, भावुक हुँदै खोलीन् आफ्नै जीवनकै यस्तो रहस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनी राजनीतिमा नयाँ हुन् । तर पनि उनको नयाँ विचार, भिजन र पढेलेखेकी भ एका कारण पनि आँफु यसपटक नै संसद भवनमा छिरिसकेको र एउटा खुट्टा पुगिसकृको बताएकी छिन् ।

तोसिमा उठेको ललितपुरम –३ को धेरै भूभाग सहरी, थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ छ ।

स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो ।

त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ । ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा छिन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ ।

गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित दाबी गरिरहँदा तोसिमाले भने आफुले नै जित्ने दाबी गर्छिन् । प्रेममा असफल भएपछि राजनीतिमा आएकी थिइन् डाक्टर तोषिमा कार्कीले भावुक हुँदै आफ्नो संघर्षको कथा यसरी सुनाएकी छिन् ।

Facebook Comments Box

Related posts