समाचार राजनीतिक 

निर्वाचनको धपेडीका कारण स्वास्थ्य समस्या बल्झिएपछि चीन गएका वर्षमानको उपचार सुरु

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार चीनमा सुरु भएको छ । मंसिर १६ गते चीन गएका उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार भइरहेको बताइएको छ ।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित वर्षमानको यसअघि पनि उनको उपचार सोही अस्पतालमा भएको थियो ।। चीनमा उपचार गराएर उनी २०७८ माघ १० गते काठमाडौं फर्किएका थिए ।

यस अघि पनि नी थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उतैबाट चीनको सेनजेन लगिएको थियो ।

वर्षमानसँग उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला छन् ।निर्वाचनको धपेडीका कारण स्वास्थ्य समस्या बल्झिएपछि पुनः सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगिएको पुनको सचिवालयले जनाएको छ ।

Facebook Comments Box

Related posts