समाचार अन्तर्राष्ट्रिय 

अर्जेन्टिनासँग विश्वकप फाइनल हारेपछि फ्रान्समा झडप,झडपमा भए यति धेरै घाइते

काठमाडौं

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यानहरु आक्रोशित भएका छन्।फ्रान्सको राजधानी पेरिसमा हजारौं समर्थकले दंगा सुरु गरेका छन्।सवारीसाधन तोडफोड र आगजनी गरिएको छ।

पेरिस बाहेक यो हिंसा अन्य धेरै शहरहरूमा फैलिएको थियो।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो।हजारौं फ्यानहरु घाइते भएका छन्।भने पेरिसमा हजारौं प्रहरी तैनाथ गरिएको छ।

लियोन, निसमा पनि हिंसात्मक घटनाहरू भएको प्रहरीले जनाएको छ।पेरिसको चर्चित च्याम्प्स एलिसिजमा पनि फ्यानहरू आपसमा भिडेका थिए।क्रोशित फ्यानहरुले प्रहरीसँग झडप समेत गरेका छन्।

धेरै मानिसलाई हिरासतमा राखिएको छ।फ्यानलाई नियन्त्रण गर्न धेरै ठाउँमा वाटर क्यानन पनि प्रयोग गरिएको थियो।फाइनलमा पराजित भएपछि फ्रान्सका खेलाडीहरु भावुक बनेका थिए।

राष्ट्रपति इमानुएल म्याक्रोन फ्रान्सेली खेलाडीहरूलाई भेट्न मैदान पुगेका थिए।साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

अतिरिक्त समयमा समेत दुबै टोलीले थप एक एक गोल गरेको थियो ।खेलको १०९ औं मिनेटमा मेस्सीले र खेलको ११८ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए ।त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल पेनाल्टीमा गएको थियो ।

Facebook Comments Box

Related posts