समाचार अन्तर्राष्ट्रिय 

कतारले भत्काउन सुरु गर्यो नेपाललाई दिने भनेको रंगशाला !

काठमाडौँ। कतारले हालै सम्पन्न गरेको विश्वकप २०२२ लाई लक्षित गरी निर्माण गरेका रंगशाला भत्काउन सुरु गरेको छ ।

विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि कतारले रंगशाला व्यवस्थापनको काम सुरु गरेको हो । कतारले विश्वकपको लागि आठ वटा नयाँ रंगशाला निर्माण गरेको थियो ।

आठ वटा मध्ये स्टेडियम ९७४ नामक रंगशाला अस्थायी किसिमको बनाइएको थियो । कतारले ९७४ सिपिङ कन्टेनरको प्रयोग गरी सो रंगशाला निर्माण गरेको थियो । निर्माण सामाग्री कै नाममा रंगशालाको नाम राखिएको थियो ।

यो रंगशाला विश्वकै भिन्न रंगशाला हो । जसमा गिटी, वालुवा, सिमेन्ट, ढुगां लगायतका सामाग्रीको प्रयोग गरिएको थिएन । जसका कारण यो रंगशालाले विश्वमा नै चर्चा बटुलेको थियो ।

कतारले सो रंगशाला नेपाली कामदारको सम्मान स्वरुप नेपाल सरकारलाई प्रदान गर्ने अनौपचारिक घोषणा गरेको थियो । तर, अहिले रंगशाला भत्काउन थाले पछि नेपालले पाउने भन्ने बिषयको चर्चा भने सेलाएको छ ।

यद्यपी कतारले सो सामाग्रीको व्यवस्थापन कसरी गर्नेछ भन्ने बिषयमा समेत कुनै यकिन भै सकेको छैन । तर, कतार सरकारले सो रंगशालाको सामाग्री टयूनिसियलाई दिने भन्ने कतार भित्र नै चर्चा चलेको छ ।

कतारले भर्खरै मात्रै रंगशाला भत्काउन शुरु गरेको फिफा विश्वकपको व्यवस्थापनमा खटिएका एक नेपालीले बताए । उनका अनुसार भर्खरै भत्काउन सुरुवात भएको छ ।

रंगशालाको सामाग्री कसरी व्यवस्थापन भन्ने बिषयमा कतारी सरकारले कुनै पनि उद्घोष गरेको छैन । कतारले निर्माण गरेको सो रंगशालामा ४० हजार मानिस अट्न सक्ने क्षमताको थियो ।

Facebook Comments Box

Related posts