समाचार अन्तर्राष्ट्रिय 

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको बाँकी मुद्दाकाे अन्तिम सुनुवाइ आज

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले आज साेमवार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने भएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आउनुभएको छ । ७७ वर्षकी सुकीलाई भ्रष्टाचारदेखि अवैधरूपमा वाकिटकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ । अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोङ्गको संज्ञा दिएका छन् ।

गएकाे बुधवार बसेको संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले म्यान्मारको ‘कु’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । सुरक्षा परिषद्का स्थायी सदस्य र म्यानमारको सैन्य सरकारका निकट सहयोगी चीन र रुसले पनि भिटो प्रयोग नगरेको यो प्रस्तावले सुकीलाई जेलमुक्त गराउन भूमिका खेल्ने अपेक्षा गरेको सिन्ह्वाले जनाएको छ । म्यानमारको सैन्य सरकारले अर्को वर्ष चुनाव गर्ने तयारी गरेको छ ।

Facebook Comments Box

Related posts