समाचार राजनीतिक 

केपी शर्मा ओली र माधव नेपाल सँगसँगै

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै बस्नुभएको छ ।

२०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिनुभएको थिएन । माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच बोली बाराबार र गालीगलौज नै चलेको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।

एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नुभएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्नुभएको छ ।

यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बन्नुभएको छ । यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त हुनुभएको छ । उनीहरूको जिम्मेवारी पछि तोकिनेछ ।

Facebook Comments Box

Related posts