समाचार राजनीतिक 

अन्तत: ओलीले गरे वाचा, प्रचण्डको कार्यकाल सक्किए पछीको प्रधानमन्त्री रवी लामिछाने !

काठमाडौं

सरकार गठनबारे संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी पनि छलफलमा जुटेको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सबै पक्षसँग छलफल भइरहेको बताए । ‘मुख्य दल भनेको ४/५ वटा हो । सबै पक्षसँग छलफल गरिरहेका छौँ । तर निचोड निस्किएको छैन,’ उनले भने ।

कांग्रेस, एमाले, माओवादी लगायतका दलहरूसँग छलफल भइरहेको उनले बताए । ‘एक अर्को दलसँग छलफल भइरहेको छ,’ उनले भने । रास्वपाले आफूहरूको एजेन्डामा सहमति भएमा सरकारमा जाने बताउँदै आएको छ । ‘हाम्रो एजेन्डा जाने हो । सरकारमा जान हाम्रो एजेन्डामा सहमत हुनुपर्छ,’ उनले भने ।

यसअघि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्पवालाई पनि सरकारमा सहभागी गराउनु पर्ने टिप्पणी गरेका थिए । तर प्रवक्ता ढकालले कांग्रेसका नेताहरूसँग छलफल भए पनि महामन्त्री शर्मासँग छलफल नभएको बताए ।

कांग्रेसको अरु नेतासँग छलफल भइरहेको छ । त्यही कुरा उहाँसँग पनि पुगेको होला,’ उनले भने । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आज सकिने भएकाले संसदमा प्रतिनिधित्व गर्ने ठूला दलहरूले छलफललाई तीव्रता दिएका छन् ।विश्वप्रकाशकाे नयाँ प्रस्ताव–स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराऔँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराएर अगाडि बढ्नु तर्कपूर्ण हुने बताएका छन् । नयाँ सरकारबारे सात बुँदे धारणा राख्दै शर्माले अहिलेको गठबन्धन टुट्न नहुने र रास्वपालाई पनि सरकारमा सहभागी गराएर जानु तर्कपूर्ण हुने बताएका हुन् । उनले संसद पाँच वर्ष टिकाउन लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गर्नुपर्ने बताएका छन् । सरकारमा अनुभवी र नयाँको संयोजन हुनुपर्ने उनको धारणा छ ।

प्रधानमन्त्री नपाए माओवादी प्रतिपक्षमा बस्ने, गठबन्धन भंग हुने सम्भावना प्रवल नयाँ सरकारकाे नेतृत्व नपाए नेकपा माओवादी केन्द्र सत्ता गठबन्धनबाट बाहिरिने भएकाे छ । आज बिहान बसेकाे माओवादी नेताहरूकाे बैठकले सरकारकाे नेतृत्व नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेकाे स्राेतले बताएकाे छ ।

माओवादी केन्द्रले पहिलाे चरणमै सरकारकाे नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेकाे छ । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेकाे छैन ।

कांग्रेसले प्रधानमन्त्री दिन नमाने माओवादी गठबन्धनबाट बाहिरिएर प्रतिपक्षमा बस्न तयार हुनुपर्ने दबाब नेताहरूले अध्यक्ष प्रचण्डलाई दिएका थिए । पार्टीका नेताहरूकाे सन्देश बाेकेर प्रचण्ड बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् ।

स्राेतहरूका अनुसार प्रधानमन्त्री दिन कांग्रेस तयार नभए माओवादीले बालुवाटार बैठकबाटै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय लिनेछ । ‘माओवादी सरकारमै रहनुपर्छ भन्ने केही छ र ? प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्छ’, माओवादीका एक प्रभावशाली नेताले भने ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि गठबन्धन रहने कि नरहने भन्ने विषय आजकाे बैठकबाट टुंगाे लाग्ने बताए । ‘निर्णायक वार्ता प्रचण्डले गर्नुहुन्छ । गठबन्धन रहने नरहने टुंगो त्यहीँबाट लाग्छ’, उनले भने ।

सुवास नेम्वाङलाई प्रश्न : सत्ता गठबन्धनमा सहमति नभए एमालेले के गर्छ ?
सरकार गठनका विषयमा एमाले पनि छलफलमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सकिन लाग्दा एमाले पनि छलफलमा जुटेको हो । एमालेका उपाध्यक्ष सुवास नेम्वाङ गठबन्धनको निर्णय कुरिरहेको बताउँछन् ।

‘गठबन्धनका नेताहरूले जनताले सरकार बनाउन मत दिएको भनिरहेका छन् । गठबन्धनको निर्णय कुरिरहेका छौँ,’ नेम्वाङले भने ।राष्ट्रपतिले सरकार गठनका लागि बहुमतकाे दाबी पेस गर्न दिएको समय आज साँझ ५ बजे सकिँदै छ । उक्त समयसम्म सत्ता गठबन्धनमा सहमति नभए एमालेले के गर्छ भन्ने प्रश्नमा नेम्वाङले भने, ‘उहाँहरूले निर्णय गर्न ढिला गर्नुभएको छ । एमाले पनि दलहरूसँग छलफल गरिरहेको छ,’ उनले भने ।

गठबन्धनको निर्णय आएपछि थप रणनीति तय गर्ने मनस्थितिमा एमाले छ । एमाले र माओवादीका दोस्रो तहका नेताहरू कम्युनिष्ट सरकार बनाउन नेतृत्वलाई दबाब दिइरहेका छन् ।

तर एमाले अध्यक्ष केपी ओलीले माओवादीले गठबन्धन त्यागेको घोषणा गरेर आउनुपर्ने बताउँदै आएका थिए । शनिबार एक कार्यक्रकमा उनले अब ढिला भइसकेकाले माओवादी अध्यक्ष प्रचण्ड प्रधानान्त्री नबन्ने दाबी गरेका थिए ।

तर, अहिले बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवनेपालबीच वार्ता जारी छ । निर्णायक भनिएको बैठकमा देउवा र प्रचण्डले प्रधानमन्त्रीमा दाबी नछोडेपछि सहमति जुट्न सकेको छैन ।

Facebook Comments Box

Related posts