समाचार अन्तर्राष्ट्रिय 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधन, यसरी सम्झिए मोदीले

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ । बुधवार हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।

आमाको निधनको जानकारी गराउँदै प्रधानमन्त्री मोदीले ट्वीटर लेखेका छन्, “एक गौरवमय शताब्दी भगवानको चरणमा शान्त छ… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा, प्रतिबद्ध जीवन, एक नि:स्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताको अवतार।”

रहेनन फूटबल सम्राट पेले

काठमाडौं । फुटबलका ‘सम्राट’ भनेर पहिचान बनाएका पेलेको निधन भएको छ । केही दिनदेखि मृत्युसँग संघर्ष गरिरहेका पेलेको ८२ वर्षकाे उमेरमा उपचारका क्रममा साओ पाउलोमा निधन भएको हो । उनको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो ।

पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो भएपनि विश्वभर उनलाई पेलेबाटै चिनिएका छन् ।

क्यान्सर र मृगौला तथा मुटुमा गम्भीर समस्या देखा परेपछि अस्पताल भर्ना भएका पेलेको स्वास्थ्यमा झनझन गम्भीर बन्दै गएको थियो ।

१७ वर्षको कलिलो उमेरमा फुटबलका अन्तर्राष्ट्रिय खेलाडी भएका पेलेले तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाएका थिए । खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिएका थिए।

पेलेले खेल जीवनमा एक हजार गोल गरेका थिए । धेरैजसो उनले घरेलु क्लब सान्टोसका लागि गोल गरेका थिए ।

पेलेको जन्म सन् १९४० अक्टोबर २३ मा ब्राजिलको सानो सहर मिनास गेराइसमा भएको थियो । तीन पटक विश्वकप उपाधि जिताएकोले पेलेलाई ब्राजिलमा नायकका रूपमा लिइन्छ ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । अहिलेसम्म तीन पटक विश्वकप जित्ने पेलेको रेकर्ड कसैले तोडेका छैनन् ।

२१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गरेकाे विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे ।

पेलेको निधनको खबरले विश्वभरका उनका फ्यानहरु शोकमा डुबेका छन् ।

Facebook Comments Box

Related posts