समाचार राजनीतिक 

बालेन निरंकुश, स्वेच्छाचारी बने, बिकासको नाममा डोजर आतंक फैलाए अब धर्ना एवं प्रदर्शन गर्छौं: सुमन सायमी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) विरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले धर्ना एवं प्रदर्शन गर्ने भएको छ।

समितिका संयोजक सुमन सायमीका अनुसार काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको हो।

मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको भन्दै उनीविरुद्ध धर्नाको तयारी गरिएको सायमीले बताए। मेयर बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ।

संविधानले सुरक्षित गरेको सम्पत्ति सम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्य गरेको, कथित विकासको नाममा अध्ययन र योजनाविना डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको उनीहरुले आरोप लगाएको छ।

कानुनी प्रक्रिया नै नपुर्‍याइ अनाधिकृत रुपमा निजी घरवासमा प्रवेश गरेर महानगरले ज्यादती गरेको उनीहरुको आरोप छ।

Facebook Comments Box

Related posts