रोचक / अनौठो दुनिया 

यी हुन् इन्स्टाग्राममा सबैभन्दा धेरै मन पराइएका पाँच पोस्ट

काठमाडौं

लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप फुटबलको उपाधि मात्र जिताएका छैनन् इन्स्टाग्राम प्रयोगकर्ताहरुको मन पनि जितेका छन् । मेस्सीलाई लिएर इन्स्टाग्राममा जबरजस्त माहोल बनिरहेको छ र मेस्सीको एक इन्स्टाग्राम पोस्टले सबैभन्दा धेरै लाइक्स प्राप्त गरेर विश्व कीर्तिमान कायम गरेको छ ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको विश्वकप फुटबलको ट्रफीसँगैको तस्वीरले सर्वाधिक लाइक्स प्राप्त गरेर रेकर्ड कायम गरेको हो । हालसम्म उक्त तस्वीरमा ६ करोड ७० लाखभन्दा धेरै लाइक्स प्राप्त भैसकेको छ ।

मेस्सीको उक्त इन्स्टाग्राम पोस्टले विश्व कीर्तिमान कायम गरेको जानकारी मेटा कम्पनीका सिइओ मार्क जुकरबर्गले एक पोस्टमार्फत् दिए । उनका अनुसार विश्वकप फुटबलका दौरान प्रतिसकेण्ड २ करोड ५० लाख मेसेन्जर पोस्ट गरिएको थियो ।

मेस्सीको इन्स्टाग्राम पोस्टले इतिहास रच्नु अगाडि सन् २०१९ मा पोस्ट गरिएको एउटा अण्डाको तस्वीर इन्स्टाग्राममा सर्वाधिक लाइक गरिएको तस्वीरको रुपमा थियो । हाल इन्स्टाग्राममा सर्वाधिक धेरै लाइक्स पाएका ५ वटा इन्स्टाग्राम पोस्ट यी हुन्–

१. मेस्सीको तस्वीर : विश्वकप फुटबलको उपाधि जितेसँगै मेस्सीले ट्रफी उचालेको तस्वीर आफ्नो इन्स्टाग्राममा पोस्ट गरे । उक्त पोस्टले इन्स्टाग्राममा हालसम्म सबैभन्दा धेरै लाइक प्राप्त गरेको छ । यो समाचार तयार पार्दासम्म मेस्सीको उक्त पोस्टमा करीब ६ करोड ९२ लाख लाइक्स आइसकेको छ ।

२. अण्डाको तस्वीर : नामक इन्स्टाग्राम अकाउन्टबाट सन् २०१९ मा पोस्ट गरिएको एउटा अण्डाको तस्वीर लामो समयसम्म सर्वाधिक मन पराइएको इन्स्टाग्राम पोस्टको रुपमा रह्यो । हाल दोस्रो सर्वाधिक लाइक्स भएको उक्त पोस्टमा यो समाचार तयार पार्दासम्म ५ करोड ७८ लाखभन्दा धेरै लाइक्स आइसकेको छ ।

३. विश्वप ट्रफीसँगै सुतिरहेका मेस्सी : सायद लियोनल मेस्सीको जीवनमा सबैभन्दा ठूलो चाहना भनेकै अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताउनु थियो । आफ्नो करिअरको उत्तरार्धमा मेस्सीले उक्त सफलता प्राप्त गरेका छन् । विश्वकप जितेपछिको समयमा उनले आफ्नो खुसी लुकाउन सकिरहेका छैनन् र अनेक खालका हर्कतहरु गरिरहेका छन् । हालै विश्वकप फुटबलको ट्रफीलाई आलिंगन गरेर ओछ्यानमा सुतिरहेको आफ्नो तस्वीर मेस्सीले इन्स्टाग्राममा पोस्ट गरे । उक्त पोस्ट पनि रातारात भाइरल बन्यो र हालसम्म यो इन्स्टाग्राममा सर्वाधिक मन पराइएको तेस्रो पोस्ट बनेको छ । यो पोस्टमा हालसम्म ४ करोड ८० लाख भन्दा धेरैले लाइक्स गरिसकेका छन् ।

४. बुद्धिचाल खेल्दै रोनाल्डो र मेस्सी : चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले गत नोभेम्बरमा आफू र लियोनेल मेस्सी बुद्धिचाल खेलिरहेको तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरे । लुई भिटनको उक्त विज्ञापनिक तस्वीरको पोस्टले हालसम्म करीब ४ करोड २२ लाख लाइक्स प्राप्त गरिसकेको छ ।

५. जहाजमा ट्रफीसँगै मेस्सी : सर्वाधिक लाइक्स प्राप्त गर्ने इन्स्टाग्राम पोस्टको चौथो स्थानमा समेत लियोनेल मेस्सीकै अर्को पोस्ट रहेको छ । विश्वकप फुटबलको ट्रफी साथमा लिएर जहाजमा यात्रा गर्दै गरेका मेस्सीको इन्स्टाग्राम पोस्टले हालसम्म ३ करोड ९५ लाख लाइक्स प्राप्त गरिसकेको छ ।

Facebook Comments Box

Related posts