Blog World जीवन देश मोनोरंजन रोचक / अनौठो दुनिया समाचार समाज 

रातो मच्छिन्द्रनाथको रथारोहण फेरि स्थगित

काठमाण्डाै – रातो मच्छिन्द्रनाथको रथारोहण फेरि स्थगित भएको छ ।

आउँदो १० गते शनिबार गरिने भनिएको रथारोहण फेरि स्थगित गरेको गुठी संस्थान ललितपुरले जनाएको छ । रातो मच्छिन्द्रनाथको रथारोहण गएको वैशाख १२ गते हुनुपर्नेमा कोरोना भाइरसको जोखिमका कारण रोकिएको थियो ।

त्यसपछि असार २४ गतेको साइत निकाले पनि सङ्क्रमणको जोखिम रहेकाे भन्दै गुठी संस्थान ललितपुरले त्यतिबेला पनि रथाराेहण स्थगित गरेको थियो । रथ निर्माणको काम असार १० गतेदेखि भइरहेको छ ।

Facebook Comments Box

Related posts