Blog World देश राजनीतिक समाचार समाज 

कैलालीको त्रिनगर नाकामा प्रहरीलाई पाँच हजार तिरेर नेपाल आउँदै भारतीय !

नेपालका विभिन्न जिल्लामा कोरोना समुदाय स्तरमै फैलिएको स्थानिय तहले निष्कर्ष निकालेको छ । दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । भारतवाट आएकाहरुमा कोरोना देखिने दर बढि छ । नेपालमा अहिले देखिएका कोरोना संक्रमित बाहिरवाट आएकाहरुमा बढि देखिएको छ । तर अहिले समुदायमै कोरोना फैलिएको छ ।

थप फैलन नदिन सरकारले अन्तराष्ट्रिय सिमाना बन्द गरेको छ भने हवाई उडान पनि अहिले सञ्चालनमा छैनन् । तर सिमानामा सुरक्षाका लागि बसेका सुरक्षाकर्मीलाई पैसा दिएर भारतवाट नेपाल प्रवेश गर्ने गरेको खुलेको छ । भदौ १ गते सम्मका लागि सिमाना बन्द भएको भएपनि भारतवाट लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ ।

यसको सबैभन्दा बढी असर कैलालीमा परेको देखिएको छ । कैलालीमा सुरक्षा निकायकै संरक्षणमा सीमा नाकाबाट धमाधम भारतीय नागरिक नेपाल भित्रिएर क्वारेन्टिन नबसेरै पेशा व्यवसाय गर्न थालेको भन्दै स्थानियले गुनासो गरेका छन् । नेपालमा अहिले पसल ब्यवसाय सञ्चालन गर्ने अनुमति दिइएको छ । यातायात साधन पनि छोटो दुरीमा चल्न थालेका छन् । ब्यवसाय सञ्चालन गर्न भारतीयहरु नेपाल प्रवेश गरेका हुन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपाल पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिनै सुरक्षाकर्मीले नेपाल आउन अनुमति दिने गरेको स्थानियले बताएका छन् ।

फाईल तस्विर
भारतको पलिया घर भई धनगढीको एउटा ग्यारेजमा काम गर्दै आएका एकजना भारतीय नागरिकले सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई पाँच हजार तिरेर नेपाल प्रवेश गरेको बताएका छन् । उनले आफुजस्तै अरु पनि त्यसरी नै सुरक्षाकर्मीलाई पैसा तिरेर भारतवाट नेपाल प्रवेश गरेको बताएका छन् ।

ती युवकले पैँसा तिरेर त्रिनगर नाका भएर धनगढी फर्किएको बताएका छन्। लकडाउनमा ग्यारेज तथा वर्कसप बन्द भएपछि घर गएकाहरु नेपालमा पसल ब्यवसाय सञ्चालन भएपछि काममा फर्किएका छन् । यसरी प्रहरीले नै रकम असुलेर भारतीय नागरिकलाई प्रवेश गराउन थालेपछि कोरोना भाईरसको जोखिम बढेको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले भने अहिले सीमानाका बन्द भएकाले नेपाल प्रवेश गर्न नदिईएको बताएका छन् । उनले पैसा लिएर प्रवेश दिएको भन्ने गुनासोका बारेमा अनुसन्धान गर्ने बताएका छन् ।

Facebook Comments Box

Related posts