रोचक / अनौठो दुनिया Volleyball देश राजनीतिक समाचार समाज 

नेकपाको अध्यक्षमा केपी ओलीलाई हटाएर माधव नेपाल आए, अरु भए यस्ता निर्णय

एकिकरण पुरा नहुँदै अनौपचारीक रुपमा दुई टुक्रा भएको नेकपाको प्रचण्ड नेपाल समुहले माधव कुमार नेपाललाई अध्यक्ष बनाउने भएको छ । नेकपा भित्रको केपी ओली समुह र प्रचण्ड तथा माधव नेपाल समुहले केन्द्रिय समितिको समानान्तर बैठक गरेका छन् ।

ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको हो । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् । ओली पक्षको केन्द्रिय समितिको बैठक विहान वालुवाटारमा भएको थियो भने दिउसो १ वजे प्रचण्ड र माधव नेपाल समुहको बैठक भएको छ ।

यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन । सोबारे छलफल गर्न अहिले नेकपाको ओली इतर समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा सुरु भएको छ

Facebook Comments Box

Related posts