World अन्तर्राष्ट्रिय जीवन देश भिडियो समाचार समाचार समाज स्वास्थ्य / टिप्स 

ओमिक्रोन भेरिएन्टको त्रासः संक्रमितले सास लिँदा पनि अरूलाई सर्छ

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले संक्रमणमा अरू सबै भेरिएन्टहरूलाई पछि पारेको छ । पहिला खोक्दा वा हाच्छ्युँ गर्दा शरीरबाट निस्केका ड्रपलेटबाट संक्रमण फैलिन्थ्यो भने अहिले संक्रमितको सासबाट मात्र पनि संक्रमण फैलिने भएको छ ।

न्यु यान्ड इमर्जिङ रेस्पिरेटरी भाइरस थ्रेट्स एड्भाइजरी ग्रुपका प्राध्यापक पिटर ओपेनशाका अनुसार, ‘बेलायतमा लगभग ९० प्रतिशत केसका लागि ओमिक्रोन जिम्मेवार छ । यो छिट्टै नै डेल्टा भेरिएन्टभन्दा अगाडि पुग्नेछ ।’

कतिपय रिपोर्टमा ओमिक्रोनबाट हलुका लक्षण मात्र देखिने बताइएको छ । बेलायतको एक आधिकारिक रिपोर्टमा ओमिक्रोनबाट अस्पताल भर्ती हुने जोखिम अन्य भेरिएन्टको तुलनामा ५० देखि ७० प्रतिशत कम छ । ओमिक्रोनबाट बच्नका लागि स्वास्थ्यविद्हरूले कोभिड खोपको बूसटर डोज दिन सल्लाह दिएका छन् ।

हेर्नुहोस् यो भिडियो पनि:

Facebook Comments Box

Related posts