World जीवन देश समाचार समाज स्वास्थ्य / टिप्स 

संक्रमण बारे फेरी पुनः नेपालमा आयो डरलाग्दो अपडेट

नेपालमा पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्ताको तुलनामा एक हप्तामा नेपालमा संक्रमणदर ०.९ प्रतिशतले बढेको छ । एक हप्तामा पीसीआर परीक्षणबाट देशभरबाट दुई हजार २३९ जना . संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्दा २०९ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकामा उल्लेख गरेको छ।

त्यस्तै एक हजार ८११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने मृत्यु हुने संक्रमितको संख्या १३ रहको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित थपिएका छन् । बुधबार २४ घण्टामा २३९ जनामा संक्रमण पुष्टि भएको छ भने बुधबार कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गत बुधबार २०९, बिहीबार २३५, शुक्रबार २२४, शनिबार ३४२, आइतबार २१३, सोमबार २९१ मंगलबार ३५५ थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

नेपालमा . संक्रमणभएदेखि अहिलेसम्म ४८ लाख ९४ हजार ५३३ जनामा एन्टिजेन परीक्षण गरिएको छ । जसमा आठ लाख ३० हजार दुई जनामा . पृष्टि भएको छ । त्यस्तै आठ लाख ३९ हजार ५०४ जनामा एन्टिजेन परीक्षण गर्दा ९६ हजार ३८३ जनाको . पृष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमा ८१ लाख ३ हजार १७६ संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा . संक्रमण मुक्तहुने दर ९८ प्रतिशत रहेको छ । संक्रमितमध्ये ११ हजार ६०१ जनाको मृत्यु भएको छ । नेपालमा मृत्युदर १.४ प्रतिशत रहको छ । नेपालमा पाँच हजार २२५ जना संक्रिय संक्रमित रहेका छन् । जसमा चार हजार ८५२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३७३ जना रहेका छन् । आईसीयूमा ८४ जना र भेन्टिलेटरमा १४ जना रहका छन् । नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ५५ लाख २१ हजार ६३९ मात्रा खोप लगाइएको छ ।

कुल जनसंख्या मध्ये ४८.४ जनाले एक मात्रा र ३५.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसंख्याको ७३.९ प्रतिशतले एक मात्रा र ५४.२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । अमेरिका, यूरोप, अफ्रिकी देशसँगै छिमेकी राष्ट्र भारतमा .को नयाँ भेरिएन्ट ओमिक्रोन फैलिँदै गएको छ ।

अमेरिकामा एकै दिनमा १० लाख जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पनि तीन जनामा .को नयाँ भेरिएन्ट ओमिक्रोन पृष्टि भएकोे छ । तेस्रो लहर नेपालमा नफैलियोस भनेर सरकाले पनि तयारी थालिसकेको छ ।

स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य कार्यालयलाई . भाइरसको ओमिक्रोन भेरियन्ट फैलन नदिन पूर्व तयारी गर्न आग्रह गरेको छ। तेस्रो लहरका विषयमा सरकार सचेत रहेको मन्त्रालयका प्रवक्त डा. संगिता मिश्राले बताउनुभयो । साथै नयाँ भेरियन्ट र .को नयाँ लहरबाट जोगिन सरकारले परीक्षण बढाउने, खोप लगाउने कार्यलाई तीव्रता दिएको डा. मिश्राले बताउनुभयो ।

नयाँ भेरियन्ट समाजमा नफैलियोस् भनेर नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य पीसीआरको तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकको पीसीआर रिपोर्ट पोजेटिभ आएमा तुरुन्त जिन सिक्वेन्सिङ गर्ने गरेको प्रवक्ता डा= मिश्रले बताउनुभयो । हवाई नाका र विभिन्न सीमा नाकामा हेल्थ डेस्क राखेर टेस्ट गर्ने र यदि शंकास्पद भेटिएमा क्वारेन्टिनमा राख्न निर्देशन दिइसकेको डा.मिश्रले जनकारी दिनुभयो ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट समाजमा फैलने जोखिम रहेकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालन गर्न डा. मिश्रको सुझाव छ ।

Facebook Comments Box

Related posts