समाचार देश राजनीतिक समाज 

विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइयो

धनुषा स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।

आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् । जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताउनुभयो ।

अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् । एक्सरे मेसिन तथा विमानस्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् ।

यो पनि पढ्नुहोस् -आर्थिक प्रलोभनमा पर्ने कसैलाई छाडिँदैन स् सशस्त्र प्रहरी महानिरीक्षक-सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक राजु अर्यालले प्रहरी कर्मचारीको सरुवा, बढुवा, मिशनलगायतका कार्यहरु वैज्ञानिक र पारदर्शी ढङ्गले अगाडि बढाउँदै सङ्गठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि आयोजित समारोहमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै उहाँले कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलापमा नलाग्न निर्देशन दिनुभयो ।

उहाँले आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई कुनै पनि हालतमा नछाडिने बताउँदै कमाण्डर तहका अधिकृतहरुलाई कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो छ । महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाँती राखी राष्ट्र र सङ्गठनले लिएको लक्ष्य प्राप्तिमा एकजुट भई सामूहिक भावनका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ‘वान जनरल वान कन्सेप्ट’ को नीति लागू गरी सङ्गठनलाई अगाडि बढाइने उल्लेख गर्दै सशस्त्र प्रहरी कर्मचारीको हितका लागि मौजुदा कल्याणकारी कार्यलाई समयसापेक्ष परिमार्जन गरिने बताउनुभयो । यही वैैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेकाले कार्यक्षेत्रमा खटिँदा सभ्य र अनुशासित भई जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।

Facebook Comments Box

Related posts