Interview जीवन देश भिडियो समाचार समाचार समाज 

म जिउनुको कुनै अर्थ छैन भन्दै एक पुरुषले गरे यती डरलाग्दो निर्णय !

जब जिन्दगीको गोरेटोले फरक अनी गलत मोड लिन्छ तब मानिस आफ्नो दर्दनाक जिन्दगी जिउन बाध्य हुनेरहेछ ।हो आफ्ना सपना कल्पना सबै सपनामा मात्र सिमित भएर जिवनमा एकदम एक्लो भएपछी मानिस भित्रै बाट टुटदोरहेछ । हो अन्दाजी ४० बर्षका सुभलाल तामाङको जिवनमा पनि यस्तै चोट परेको छ । चोट, दुख, पिडाले सताएपछी जिवनमा जिउनुको कुनै अर्थ नदेखेका तामाङले भक्कानिदै तालको किनारैमा पुगेर यही तालमा हाम फालेर म-र्छु भन्दै फेवातालको छेउमा पुगेका छन्न । सिन्धुली तिर्तिरे ६ घर भइ बिगत २५ बर्ष अघि पोखरा आएका शुभ लाल तामाङले मिस्त्री काम गर्दै पोखरालाई कर्म थलो बनाएका थिए ।

१६ बर्षको कलिलो उमेरमा वैवाहिक जिवनमा रहेका तामाङको जिवन खुशी साथनै बितेको थियो । ज्याला मजदुरी गरेर भएपनी एक छोरा एक छोरीको साथमा रमाइरहेका सकेका तामाङ को रमाइलो जिवनमा अचानक नरमाइलो भयो ।

करिब १३ बर्ष अघी श्रीमतीले साथ छोडेर अर्कै संग गएपछी उनको जिवन अत्यन्त धमिलो भयो छोरा छोरी दुबै लिएर श्रीमती हिनेपछी उनलाई नराम्रो चोट पर्यो । श्रीमतीले साथ छोडेर गएको करिव ६ बर्ष पछी पुन दोश्रो बिहे गरेका तामाङको दोश्रो श्रीमती बाट पनि एक छोराको जन्म हुन्छ ।

बिहेगरेको केही बर्षमै दोश्रो श्रीमती पनि छोरो काखमा च्यापेर अर्कै सङ गएपछी तामाङ लाई अत्यन्त पिडा हुन्छ । आफ्ना भन्नेहरुले साथ छोडेर जानू साथमा कोही नहुनु त्यस माथी बिरामी शरीर अर्काको सहारामा बाच्नु भन्दा मर्नु बेस भन्दै भक्कानिन्छन्न । राम्रो संग अँ‌ाखा पनि देख्न नसक्ने उनको शरीर भरी घाउनै घाउ छ । उपचार गर्न जाने पैसा छैन,मागेर कती दिन चल्छ भन्दै कति दिन कति रात भोकै बिताएको सुनाउने तामाङले मन थाम्न सक्दैनन् अनि आसुका धारा बगाउँदै एकोहोरो रुनमात्र थाल्छन्न ।

उनको यो अवस्था र उनी संगै गरिएको कुराकानीको पूरा भाग तल भिडीयोमा समाबेस छ ।

पूरा भिडीयो हेर्नुहोस

Facebook Comments Box

Related posts