समाचार Technology जीवन देश समाज 

अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार परिवार, जहाज रहस्यमय ढंगले सम्पर्क विहिन भएपछी पुरै गाउँ स्तब्ध

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने पुरै गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवार रहेका छन् ।

सोही जहाजको टिकट काटेको र जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरासित सम्पर्क भएको आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए।

सो विमानमा ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षकी रश्मि श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठ थिए। अध्ययनको शिलशिलामा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमण गर्न गएको परिवारले जनाएको छ।

पोखराबाट जोमसोमका लागि समिट एअरको जहाजसंगै एक मिनेटको फेरोमा उडेको तारा एअरको ९ एनएईटी टुईनेटर जहाज रहस्यमय ढंगले सम्पर्क विहिन भएको छ। यी दुवै जहाज मध्ये पहिलो उडेको जहाज समिट एअरको जहाज बिहान १०:१४ बजे र तारा एअरको जहाज १०:१५ बजे अवतरण हुनपर्ने थियो।

जोमसोम नागरिक उड्यन कार्यालयले पोखराबाट जोमसोम आउँदै गरेको जहाजसंग सम्पर्क गरिरहेको थियो। तर १ मिनेट अघि उडेको जहाज जोमसोम विमानस्थलमा अवतरण गर्न सफल भएपनि पोखराबाट १ मिनेटपछि उडेको जहाज भने जोमसोम नागरिक उड्यन कार्यालयले सम्पर्क गर्दा अवतरण हुन सकेन।

Facebook Comments Box

Related posts