Technology जीवन देश राजनीतिक समाचार समाज 

काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी सवारीलाई यसरी क्रमश हटाउँदै लैजाने रणनीति ल्यायो सरकारले

सरकारले काठमाडौँ उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः विद्युतीय सवारी साधनमा परिणत गर्ने व्यवस्था मिलाउने भएको छ ।

आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रमुख सहरहरूमा सार्वजनिक यातायातमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली लागू गरिने बताउनुभयो ।

सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

सार्वजनिक यातायातलाई प्रतिस्पर्धी, सुरक्षित, भरपर्दाे र पहुँचयोग्य बनाइने उहाँले बताउनुभयो ।

सवारी चालक अनुमतिपत्र परीक्षा प्रणालीमा सुधार गरी आवेदन दिएको एक महिनाभित्र परीक्षा सञ्चालन गरिने भएको छ ।

सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदेश यातायात कार्यालयहरूमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ ।

Facebook Comments Box

Related posts