समाचार देश राजनीतिक समाज 

बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् ।

बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए ।

‘शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने । काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।

यो पनि, प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए । त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए ।

प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने । शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।

Facebook Comments Box

Related posts