Technology जीवन देश राजनीतिक समाचार समाज 

नेपालमा जुनसुकै बेला देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी आएपछि

इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले देशभर जुनसुकै समयमा पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटे पछि आइस्पानले यस्तो चेतावनी दिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकले आरोप लगाएको छ । विद्युत् भाडाको विवाद समाधानको विषयमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेर दिएको प्रतिवेदन पनि प्राधिकरणले कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले बताएको छ ।

साथै, देशभर जुनसुकै बेलामा पनि इन्टरनेट काटिने भन्दै इन्टरनेट सेवा प्रदायकहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा समेत पत्र पठाएका छन् ।

यसैगरी , कक्षा १२ को परिक्षा पत्र परीक्षा सुरु हुनुअघि इमेलबाट सम्बन्धित केन्द्रमा पठाइरहेको भएपनि इन्टरनेट सेवा प्रदायकहरूले जुनसुकै बेलामा पनि इन्टरनेट काटिने भन्दै पत्र पठाएकोले इन्टरनेटको कारण बेलैमा प्रश्न पत्र नपुगेमा आफूहरू जिम्मेवार नहुने बताएका छन् ।

Facebook Comments Box

Related posts